आज :

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कसको कति पुग्यो ?

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले बढाएको हो ।

मूल्य बढेपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय १० रुपैयाँ र आन्तरिक हवाई इन्धन ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सात सय ३५ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ निरन्तर बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । २०७१ मा स्वचालित मूल्य प्रणाली लागू गरेर लगातार ६ वर्ष नाफा कमाएको निगम पुनः घाटामा जान लागेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal