आज :

फेरि काेराेनाबाट ज्यान गुमाउेकाे संख्या बढ्याे, थप २ हजार ४२१ जना संक्रमित

काठमाडाैं । नेपालमा काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या फेरि बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काेराेनाबाट बुधबार थप ८१ जनाकाे ज्यान गएकाे छ । केही दिन ज्यान गुमाउनेकाे संख्या घटिरहेकाे थियाे ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पीसीआर विधिमा १५११ र एन्टिजेनमा ९१० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ३४६ जना, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरी कुल ४९७ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमित ५० हजार ५२० जना रहेका छन् ।

सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा ३ हजार २३४ जना रहँदा अरु संक्रमित होम आइसोलेशनमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जनाले कोरोना जितेका छन् भने पछिल्लो तथ्यांकअनुसार ८१ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५२ जनाको २४ घण्टाको अवधिमा मृत्यु भएको र अरु प्राप्त हुन बाँकी यसअघि नै तथ्यांक हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal