आज :

रुस र अमेरिकी राष्ट्रपतिबीच भेटः पुटिन हावी, बाइडन रक्षात्मक

काठमाडौँ । रुस र अमेरिकी राष्ट्रपतिबीच पहिलो पटक भेटवार्ता भएको छ । जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि यो पहिलो भेटवार्ता हो । हुन त रुस र अमेरिकाबीच यो स्तरमा सन् २०१८ यता प्रत्यक्ष भेटवार्ता भएको थिएन ।

भेटवार्ता पछि पत्रकारको प्रश्नको उत्तर दिँदै अमेरिकी राष्ट्रपति बाइडनले बढाइचढाइ नगरी फरक मतहरू राखेको बताए । उनले रुसले नयाँ शीतयुद्ध नचाहेको समेत बताए ।

त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाइडन अनुभवी राजनेता भएको बताए । पुटिनले आफू र बाइडनबीच समान धारणा भएको बताए । दुबै नेतीबीच झण्डै तीन घण्टासम्म चलेको भेटवार्ताको सुरुमै अमेरिकी राष्ट्रपति बाइडनले आफूलाई मनपर्ने एभिएटर चस्मा उपहार स्वरूप दिएका थिए । पुटिनले बाइडनलाई उपहार दिए वा दिएनन् प्रस्ट भइसकेको नसकेको बीबीसीले जनाएको छ । पुटिनले सन् २०१८ मा हेलसिन्कीमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्दा फुटबल उपहार दिएका थिए ।

दुबै नेताले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएका छन् । उनीहरूले एक अर्काका देशमा राजदूतहरू पठाउने पनि निर्णय गर्ने बताइएको छ । सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुवै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए ।

अमेरिकी राष्ट्रपतिले साइबर सुरक्षा, युक्रेन र जेल सजाय काटिरहेका रुसी विपक्षी नेता एलेक्से नभाल्नीबारेमा कुरा राखेका थिए । जवाफमा पुटिनले अमेरिकी सरकारले जसरी कानुन पालना गराएको छ, त्यसरी नै आफ्नो सरकारले पनि कानुनी राज्यप्रति बफादार रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । भेनेभामा भएको भेटवार्तालाई दुवै पक्षले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति पुटिनले बन्दीहरू साटासाटबारे सहमति गर्न सकिने बताएका थिए भने साइबर हमलाहरूका विषयमा पुटिनले रुस जिम्मेवार नभएको बताए । उनले आफ्नो देशलाई लक्षित गरी गरिने त्यस्ता अधिकांश हमलाको मूल श्रोत अमेरिका भएको बताए । हालै २४ दिन भोक हडतालमा बसेका नभाल्नीका बारेमा अमेरिकी सरोकार खारेज गर्दै पुटिनले उनले कानुन मिचेको र जेल सजाय हुने आफू स्वयंलाई थाहा भएको बताए ।

केही समय पहिले जर्मनीमा उपचार गराएर रुस फर्किएका नभाल्नीले आफूलाई पुटिनको आदेशमा स्नायु प्रणालीमा असर गर्ने विष दिइएको बताउने गरेका छन्। त्यसलाई रुसी राष्ट्रपतिले अस्वीकार गर्दै आएका छन् ।

रुसले आफ्नो भूमिमा अस्थिरता नचाहेको उल्लेख गर्दै पत्रकार सम्मेलनमा पुटिनले रुस परमाणु शक्ति भएको बारम्बार दोहो¥याएका थिए ।
पत्रकार सम्मेलनमा बाइडनले संवेदनशील पूर्वाधार जस्तै पानी वा इन्धनमा कुनै किसिमको ह्याकिङ वा आ क्रमण अस्वीकार्य हुने र त्यसको प्रतिकार गरिने बताए ।

अन्तर्राष्ट्रिय समाचार विश्लेषकका अनुसार भेटवार्ता र पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति हावी भएको र अमेरिकी राष्ट्रपति बाइडन रक्षात्मक भएको बताएका छन् । अमेरिकाले अहिलेसम्म रुसमाथि लगाउँदै आएको आरोप र बाइडनले उठाएका प्रश्नलाई पुटिनले ठाडै अस्वीकार गरेर आफू आ णविक शक्ति सम्पन्न भएको चुनौती पनि दिए । कतिपयले पुटिनको भाषालाई यु’द्धको भाषा समेत भनेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal