आज :

सिईडिबी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, कहिलेबाट हुने भयो कारोबार ?

 

काठमाडौं । सिईडिबी हाइड्रोपावर कम्पनी (CHDC) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार उक्त कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको हो ।

शेयर सूचीकृत भएसँगै बुधबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ । पहिलो कारोबारका लागि नेप्सेले प्रति शेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ ।

कम्पनीले सनराइज क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक) मार्फत कुल ८३ लाख ९४ हजार १०० कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५८ लाख ७५ हजार ८ सय ७० कित्ता शेयर कम्पनीका संस्थापकहरुले लगानी गरेको र बाँकी २५ लाख १८ हजार २ सय ३० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal