दाङ । कपिलबस्तुमा कोरोना संक्रमितको निः शूल्क उपचारको अस्पतालको निर्माण गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले दाङमा प्रतिक्षायल निर्माण सुरु गरेको छ । विप्लव नेतृत्वको नेकपा दाङले तुलसीपुरस्थित कोरोना बिशेष अस्पताल बेलझुण्डीमा प्रतिक्षालय बनाउन सुरु गरेको हो ।
कोरोना संक्रमित बिरामीका आफन्त तथा कुरूवाहरुलाई आराम गर्ने ठाउँमा नभएकोले प्रतिक्षालय निर्माण गर्न लागिएको नेकपा दाङले जनाएको छ । नेकपा दाङको इन्चार्ज शितल ओलीले प्रतिक्षालयको शिलान्यास गरेका थिए ।
कोरोनाविरूद्ध राज्य जसरी गम्भीरतापूर्वक लाग्नु पर्ने थियो त्यो हुन नसकेको भन्दै सितलले सरकार प्रचरात्मक काममै रमाएको बताए ।
जनताको जीवनरक्षालाई बेवास्ता गर्दै संसदवादी पार्टीहरु सत्ताको लुछाचुडीमा लागेको इन्चार्ज सितलले बताए । उनले यो संसदीय व्यवस्थाको चरित्र भएको बताउँदै आफ्नो पार्टीले कोरोना संक्रमितको उपचारदेखि समस्यामा परेकाहरुलाई सहयोग गरिरहेको बताए ।
इन्चार्ज सितलले कोरोना संक्रमित बिरामीका आफन्त तथा कुरुवालाई ओत लाग्ने कुनै संरचना नभएकाले आफूहरूले प्रतिक्षालय निर्माण गर्न लागेको बताएका छन् । उनले प्रतिक्षालय चाँडै निर्माण सम्पन्न हुने समेत जानकारी दिए ।
नेकपा दाङका अनुसार प्रतिक्षालय पार्टीका नेता कार्यकर्ताको श्रमदान र केही जनताप्रति उत्तरदायी व्यवसायीको सहयोग निर्माण हुनेछ ।
प्रतिक्षालय शिलान्यासमा राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम न्यौपानेलगायतले धन्यवाद दिँदै बिरामीका आफन्तलाई ठूलो राहात मिल्ने बताएका थिए । कोरोना अस्पताल नजिकै नेकपाले प्रतिक्षालय निर्माण गर्ने कार्य अत्यन्तै सकारात्मक र जनहितमा रहेको बिरामीका कुरुवाले बताएका छन् ।
नेकपा दाङका सेक्रेटरी प्रदिप ओलीका अनुसार प्रतिक्षालयको धेरै काम निर्माण भइसकेको र केही दिनमै उद्घाटन गरिनेछ । दैनिक २० जनाले श्रमदान गरिरहेका छन् । प्रतिक्षालय निर्माण गर्न आवश्यक जस्ता पाता, फलामे डण्डी ब्यवसायीले सहयोग गरेको नेकपा दाङले जनाएको छ ।
पार्टीका महासचिव विप्लवले विज्ञप्ति निकालेर देशकार सबै पार्टी पंक्ति र कार्यकर्तालाई कोरोना पीडितका सहयोगमा जुट्न निर्देशन दिएका थिए । सोहीअनुसार नेकपा दाङले सहयोग अभियानलाई जारी राखेको छ ।