आज :

प्रधानमन्त्रीले विश्वासको मत नलिने, राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको लागि दाबी प्रस्तुत गर्न आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले विश्वासको मत प्राप्त हुने आधार नभएको भन्दै नयाँ सरकार गठनको लागि मार्ग प्रसस्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गरेको राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिएको थियो । राष्ट्रपति भण्डारीले जेठ ७ गते बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने थियो ।

जनता समाजवादी पार्टीले सरकारमा नजाने निर्णय गरेसँगै ओलीले विश्वासको मत पाउने सम्भावना गुमेको थियो । जसपाको महन्थ ठाकुर पक्षले विश्वसको मत लिने प्रधानमन्त्रीले अपेक्षा गरेका थिए । तर, जसपाले आन्तरिक विवाद अस्थायी रुपमा भएपनि समाधान गरेर आफ्नो नेतृत्वमा बन्ने अवस्थामा मात्रै सरकारमा जाने निर्णय गरेको थियो ।

पार्टीकै नेता माधव कुमार नेपाल समूहसँग विवाद पनि नटुंगिएको अवस्थामा प्रधानमन्त्री ओली विश्वासको मत नपाउने निष्कर्षमा पुगेर यो निर्णय गरेका हुन् ।

आजै सर्वोच्च अदालतले माओवादीबाट एमालेमा प्रवेश गरेर मन्त्री भएका सातै जनाको नियुक्ती बदर गर्न अन्तरिम आदेश दिएको थियो । उता राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादलले पराजित भएका थिए भने पार्टीकै नेताले तर स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटाले विजयी भएका छन् । देवकोटा माधव कुमार नेपाल समूहबाट उम्मेदवारी दिएका थिए ।

यस्तो पत्र

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal