आज :

सरकार अल्पमतमाः विश्वासको मत लिन असफल पार्ने तयारी, यस्ता छन् ओलीका दुई विकल्प

काठमाडौं । नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेको छ । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो । मंगलबार बसेको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि समर्थन फिर्ता लिनेबारे माओवादी केन्द्रले धेरै पटक छलफल गरेपनि औपचारिक निर्णय भने मंगलबार गरेको छ ।

स्थायी समिति सदस्य लीलामणि पोखरेलले संचारकर्मीलाई जानकारी दिँदै आफ्नो पार्टीको समर्थन पहिला पनि नभएको भन्दै औपचारिक निर्णय गरेको बताए । उनले समर्थन फिर्ताबारे संसद सचिवालयलाई आज जानकारी गराउने बताए ।

यसैबीच नेपाली काँग्रेसले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । काँग्रेस र माओवादी केन्द्रले औपचारिक रुपमै निर्णय गरेर अविश्वासको मत लिन नदिने निर्णय गरिसकेका छन् ।

काँग्रेस सभापति र माके अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको छ । यही २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाइएको विशेष अधिवेशनमा कसरी पेश हुने भन्नेबारे दुई नेताबीच छलफल भएको बताइएको छ ।

यता एमालेकै नेता माधव कुमार नेपाल समूहले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन असफल बनाउने रणनीति अख्तियार गरेको छ । फ्लोर क्रस वा पहिले नै राजिनामा गर्नेबारे सो समूहका नेताहरुबीच छलफल भइरहेको छ ।

उता जनता समाजवादी पार्टी पनि २७ गतेसम्म विभाजन हुने देखिएको छ । अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो समूहले ओलीलाई समर्थन गर्ने बताइरहेको छ । तर, अर्का अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराईले जसरी पनि ओलीलाई सत्ताबाट हटाउने रणनीति बनाइरहेका छन् ।

संसदमा रहेका अहिले रहेका अंक गणितका अनुसार एमाले १२१, नेपाली काँग्रेस ६१, माओवादी केन्द्र ४९, जसपा ३२, राप्रपा, जनमोर्चा, मजदूर किसान पार्टी १–१ र स्वातन्त्र एक जना गरी कुल २६७ सांसद रहेका छन् । यो संख्यामा ओलीले विश्वास मतको लागि १३६ जना भए पुग्छ । एमालेको माधव कुमार नेपाल समूहले फ्लोर क्रस गरेन भने ओलीलाई १५ जना सांसद आवश्यक पर्छ । जसपाको महन्थ ठाकुर समूहले त्यो भन्दा बढी सांसदलाई ओलीको पक्षमा मतदान गराउने तयारी गरेको छ ।

काँग्रेस, माओवादी केन्द्र, नेपाल समूह र उपेन्द्र–बाबुरामा समूहले जसरी पनि ओलीलाई विश्वासको मत लिन विफल पार्ने रणनीति तय गरिरहेका छन् । यदि नेपाल समूहले फ्लोर क्रस गर्यो भने ओली विश्वासको मत लिन असफल हुनेछन् ।

राजनीतिक विश्लेषका अनुसार ओलीको लागि दुबै विकल्प खुला छन् । विश्वासको मत लिए भने झन शक्तिशाली भएर आउनेछन् । यदि विश्वासको मत नसके भनेपनि झन् नेपाल समूहविनाको सरकार बनाउने छन् ।

विश्वासको मत लिन नसकेपछि ओलीको लागि दुई बाटा छन् । संसद पहिलो दलको नेताको हैसियतामा पुनः प्रधानमन्त्रीमा नियुक्त र संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा । यी दुई विकल्पमध्ये ओलीले कसलाई रोज्छन् भन्ने अहिले नै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal