
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट एकै दिन अहिलेसम्मकै धेरै जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५५ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । सोमबार ३७ जनाको ज्यान गएको थियो । मंगलबार १८ जना बढी संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४१७ पुगेको छ ।
त्यसैगरी आज संक्रमितमा पनि अहिलेसम्मकै उच्च रहेको छ । मन्त्रालयले दिएको जानकारीअनुसार ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् । मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ७७५ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा ३ हजार ८९३ कोरोना संक्रमित भएको पुष्टि भएको छ । काठमाडौंमा २ हजार ७७९, ललितपुरमा ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी रुपन्देहीमा ३६९ जना, कास्कीमा २४७ जना, मोरङमा २४६ जना, चितवनमा २२६ जना र दाङमा २०१ जना, बाँकेमा १९२, झापामा १७४, कैलालीमा १४०, सुनसरी र सुर्खेतमा १२४÷ १२४ जना, काभ्रेपलाञ्चोकमा ११७, पर्सामा ११२, धनुषामा १०४ जना, नुवाकोटमा ८३, धादिङमा ७५, मकवानपुरमा ६९, महोत्तरीमा ६५, कपिलवस्तुमा ६४, डोटीमा ५०, डडेल्धुरामा ४७, पाल्पामा ४८, बैतडीमा ४२,गोरखामा ३८, बारामा ३६, नवलपरासी पूर्वमा ३५, दैलेखमा ३४, सप्तरीमा ३३ तथा सर्लाही र सिन्धुलीमा ३२÷३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै अछाममा ३०, सिराहा, सिन्धुपाल्चोक र बर्दियामा २८÷२८ जना, अर्घाखाँचीमा २७, रौतहट र गुल्मीमा २६÷२६ जना, रामेछापमा २४, लमजुङ २३,दोलखामा २२, नवलपरासी पश्चिम २१, तनहुँ र स्याङ्जामा २०÷२० जना, जुम्ला र सल्यानमा १८÷१८ जना, पर्वत र रोल्पामा १७÷१७ जना कोरोना संक्रमित थपिएका छन् ।
यसैगरी ओखलढुंगामा १६, प्युठान र कञ्चनपुरमा १२÷१२ जना, म्याग्दीमा ११, उदयपुरमा १०, इलाम र रसुवामा ९÷९ जना, बागलुङ र जाजजरकोटमा ७÷७ जना, ताप्लेजुङ, पाँचथर र संखुवासभा ५÷५ जना, रूकुम र कालिकोटमा ४÷४ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै खोटाङ, तेह्रथुम, धनकुटामा, सोलुखुम्बु, रूकुम पश्चिम र दार्चुलामा ३÷३ जना, डोल्पा र मुगुमा २÷२ जना तथा भोजपुर, हुम्ला,बझाङ र बाजुरामा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ९ वर्ष मुनिका १७४ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहमा ४५२ जना कोरोना संक्रमित भेटिएका छन् ।