आज :

कोरोनाबाट ५ सय ५० जना पत्रकार संक्रमित, ७ जनाको ज्यान गयो

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म ५ सय ५० जना पत्रकार संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले सोमबार विज्ञप्ति जारी गरेर महासंघको अभिलेखअनुसार अहिलेसम्म ५ सय ५० जना पात्रकार संक्रमित भएको जानकारी दिएका छन् ।

कोरोना भाइरस संक्रमणबाट ७ जना पत्रकारको ज्यान गइसकेको महासंघले जानकारी दिएको छ । त्यस्तै, अहिले पनि २० जना पत्रकारको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये २ जना आइसियूमा राखेर उपचार भइरहेको महासचिव पुरीले जानकारी दिए । उनले दुःख व्यक्त गरेका छन् ।

“उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी वहन गरिरहेको सञ्चार क्षेत्र यतिखेर दोस्रो लहरको कोरोना भाइसरबाट पनि प्रभावित हुन पुगेको खवरले नेपाल पत्रकार महासंघ अत्यन्त दुःखी र चिन्तित भएको छ । महासंघमा अभिलेखभएअनुसार हालसम्म ५ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ७ जना पत्रकारको निधन भएको छ” पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको बताउँदै महासचिव पुरीले यस संवेदनशील घडीमा अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी रहेको बताएका छन् । महासंघले पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गरेको छ ।महासंघले गरेको आग्रहअनुसार यतिखेर महासंघका सबै प्रदेश र शाखाहरुले कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिता देखाइरहेका जानकारी दिँदै कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको जानकारी दिइएको छ ।

कोरोना संक्रमित पत्रकारको निःशूल्क उपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण समेत महासचिव पुरीले जारी विज्ञप्तिमा गरिएको छ । “महासंघ कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गर्दछ । र, कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराउँदछ” विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal