आज :

उपत्यकामा निषेधाज्ञा : यातायात र बजार बन्द, हिँडडुल गर्न नपाइने

काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने भएको छ । सोमबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यही १६ गतेबाट लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको बताइएको छ । निर्णयका औपचारिक रुपमा जानकारी भने गराइएको छैन ।

सक्रिय संक्रमितको संख्या ५ भन्दा बढी भएका जिल्लाहरुमा निषेधाज्ञा जारी गर्नुपर्नु भन्दै सीसीएमसीको सरकारलाई प्रस्ताव गरेको थियो ।
कोरोनाको दोस्रो लहरमा पनि सबैभन्दा बढी प्रभावित उपत्यकामा निषेधाज्ञा वा लकडाउन गर्न विज्ञहरुले सुझाव दिइरहेका थिए ।

निषेधाज्ञामा सार्वजनिक र निजी यातायात पनि बन्द हुनेछन् भने होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् ।

निषेधाज्ञामाएम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन्। खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ भने होटलररेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने छन् ।
त्यसैगरी सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ। यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ। हवाई सेवा सुचारू हुनेछ।

मानिसहरुले अत्यावश्यक कामबाहेक हिँडडुल गर्न नपाइने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal