आज :

काठमाडौँसहित कोरोना हटस्पटमा लकडाउन र लामो दूरीका यातायात बन्द गर्न सुझाव

काठमाडौं । कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गएपछि काठमाडौँसहित हटस्पटमा लकडाउन गर्न अधिकारीहरुले सुझाव दिएका छन् । कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे जानकारी लिन शनिबार बोलाइएको बैठकमा कोभिड –१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का अधिकारीहरुले काठमाडौँसहित हटस्पटहरूमा तत्काल लकडाउन गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थिए ।

कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै मन्त्रिपरिषद् बैठकले जारी गरेका आदेश पूर्णरुपमा पालना नभएको समेत अधिकारीले रिर्पोटिङ गरेका थिए । ठूला शहरहरुमा बढ्दो संक्रमणको चेन ब्रेक गर्न नसके भयावह अवस्था आउने अधिकारीले सुझाव दिएका थिए । स्रोतका अनुसार बैठकमा ‘लकडाउन शब्दले कसैले प्रयोग गर्नु नगरेपनि बढ्दो संक्रमण रोक्न नेपालगंजमा जस्तै रणनीति लिनुपर्ने धारणा राखेका थिए ।

अधिकारीहरुको सुझावअनुसार पनि हटस्पटमा बढ्दो संक्रमण रोक्न लकडाउन गर्नेबारे छलफल अगाडि बढाइएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघिसकेको छ ।

सीसीएमसीका अधिकारीहरुले लामो दुरीको यातायात तत्काल बन्द गर्नुपर्ने बताएका छन् । संक्रामक रोक ऐनअनुसार सोमबार जारी भएको आदेश पूर्ण पालना नभएको तथा परीक्षाका नाममा विद्यालय तथा कलेजहरुमा भिडभाड भएको भन्दै सीसीसएमसीका अधिकारीहरूले त्यसमा पनि कडाई गर्नुपर्ने बताएका छन् ।

अन्तराष्ट्रिय सीमा नाका बन्द गर्न नसकिने, तर आवागमनलाई व्यवस्थित गर्नुपर्ने सीसीएमसीका अधिकारीहरूको जोड छ । नेपाली नागरिकहरुलाई चेकजाँच गरेर आउने दिने, विदेशी नागरिकहरुको हकमा भने तत्कालका लागि स्थलमार्गबाट आउन रोक्न सकिने सीसीएमसीका अधिकारीहरुले बताएका छन् ।

हवाईमार्गबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्ने सीसीएमसीको प्रस्ताव छ । होल्डिङ सेन्टरहरु यसअघि भन्दा व्यवस्थित हुनुपर्नेमा जोड दिइएको छ ।

सीसीएमसीको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले सरकारले जारी गरेको आदेश कडाइका साथ पालना गर्नुका साथै चेतनामुलक सन्देशहरु प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले शनिबार भएको छलफलका आधारमा सीसीएमसीबाट प्रस्ताव तयार परेर मन्त्रिपरिषदमा ल्याउन समेत निर्देशन दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal