आज :

एमाले विवादः ओली र नेपाल समूहबीच छलफल शुरु, होला त सहमति ?

काठमाडौं । नेकपा एमालेका दुबै समूहबीच छलफल सुरु भएको छ । सर्वोच्च अदालतको फैसलापछि पहिलो पटक दुबै समूहका नेताहरु छलफलमा जुटेका हुन् । छलफलमा अध्यक्ष तथा प्रधामन्त्री ओली, नेताहरु माधव कुमार नेपालसँगै अन्य नेताहरु पनि सहभागी छन् ।

सर्वोच्चको फैसलापछि प्रचण्डसँग छुटिएर एमालेमै फर्किएका नेता माधव कुमार नेपाल समूहलाई नबोलाएरै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय समिति बैठक बोलाएसँगै विवाद उत्कर्षमा पुगेको थियो ।

यसअघि ओलीले समूहले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गरेर नेपाल समूहका नेताहरुलाई भूमिकाविहीन बनाएको थियो । (नेकपा) को विवादमा ओलीतिर लागेका माओवादी केन्द्रका नेताहरुलाई नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेर दिइएको थियो ।

तीन नम्बर प्रदेशबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर गृहमन्त्री रामबहादुर थापालाई जिम्मा दिइएको थियो । त्यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्जबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको थियो ।

ओली समूहले गरेको निर्णयलाई मान्यता नदिन नेपाल समूहले सोमबार निर्वाचन आयोगमा निवेदन दिएपछि ओली समूहलाई छलफलको लागि बाध्य पारेको बताइएको छ ।

छलफलमा ओलीका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् भने नेपाल समूहको तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् ।

चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । गएको २५ कात्तिकपछि संवाद टुटेको थियो।

आजको छलफललाई महत्वको साथ हेरिएको छ । ओली आफ्ना कदमबाट पछि नहटेसम्म नेपाल समूह केन्द्रीय समिति बैठकमा सहभागी नहुने बताउँदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal