आज :

विप्लव-वैद्यसहित चार पार्टीको आज धनगढीमा बृहत जनसभा हुँदै 

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सहित चार पार्टीले आज धनगढीमा बृहत जनसभा गर्न लागेका छन् । चार पार्टीको रणनैतिक संयुक्त मोर्चाको आयोजनामा जनसभा हुन लागेको हो ।

मोर्चामा ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी पनि सहभागी छन् । गत माघ २८ गते काठमाडौँमा रणनीतिक संयुक्त मोर्चाको घोषणा गर्दै नेताहरुले विभिन्न कार्यक्रम सार्वजनिक गरेका थिए ।

यसअघि बुटवलमा जनसभा गरेको मोर्चाले आज (फागुन १४ गते) कैलालीको धनगढीमा जनसभा आयोजना गर्ने मोर्चाले निर्णय गरेको थियो । जनसभाको सम्पूर्ण तयारी पूरा भइसकेको नेताहरुले बताएका छन् । जनसभालाई चारै पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सरकार इमान्दारीका साथ आए र सहजरुपमा राजनीतिक गतिविधि गर्ने वातावरण बने आफ्नो पार्टी वार्ताको लागि तयार रहेको नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर बताएका थिए । तर सरकारले भने त्यसबारे अनौपचारिक धारणा बाहेर औपचारिक निर्णय गरेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित जनसभामा विप्लवमाथिको प्रतिबन्ध फिर्ता हुने घोषणा गरेका थिए । तर त्यसबारे थप कुनै प्रतिक्रिया वा निर्णय सरकारले गरेको छैन ।

एक मन्त्रीका अनुसार संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि सरकार अन्य काममा व्यस्त भएकोले विप्लवसँगको वार्ता प्राथमिकतामा नपरेको बताए । उनले सरकारले चाँडै वार्ताको वातावरण बनाउने समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal