आज :

विप्लव–वैद्यसहित चार पार्टीको संयुक्त मोर्चाः आज पहिलो चरणको संघर्ष घोषणा हुँदै

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित चार पार्टीको आज संयुक्त पत्रकार सम्मेलन आयोजना हुँदैछ ।

नेकपा र क्रान्तिकारी माओवादीसँगै विश्वभक्त दुलाल नेतृत्वका वैज्ञानिक सामाजवादी पार्टी र ऋषि कट्टेल नेतृत्वका नेकपाले वर्तमान राजनैतिको निकास दिन, क्रान्तिकारी ध्रुविकरण, राष्ट्रियता, जनजीविकाका सवालमा संयुक्त रुपमा संघर्ष गर्ने भन्दै संयुक्त रुपमा रणनैतिक मोर्चा गठन गरेका छन् । सोही मोर्चाले आगामी कार्यक्रम र सांगठानिक संरचनाबारे जानकारी दिन आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

दिउँसो १२ः३० बजेबाट सुरु हुने पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिस्ठान कमलादीमा आयोजना गरिएको छ । पत्रकार सम्मेमलनमा चारै पार्टीका नेताहरुको सहभागिता रहनेछ ।

चार पार्टीको याे संयुक्त माेर्चाबाट क्रान्तिकारी पंक्ति उत्साहित बनेकाे छ भने आमूल परिवर्तनका पक्षधर जनताले पनि आशाकाे नजरले हेरेका छन् ।

संसद विघटनपछिकाे विकसित राजनीतिक परिस्थितिमा संसदकाे पुनर्स्थापना तथा संसदकाे निर्वाचनबाट मुलुकमा विद्यमान राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायतका समस्याहरुकाे वास्तविक समाधान नहुने भन्दै सम्पुर्ण सच्चा देशभक्त र कम्युनिस्ट क्रान्तिकारी शक्ति र व्यक्तिहरु संघीय जनगणतन्त्रकाे विकल्पमा अगाडि बढ्नुपर्ने चार कम्युनिस्ट पार्टीको निष्कर्ष रहेकाे छ ।

मोर्चाले देशका विभिन्न स्थानमा जनसभा तथा विरोध प्रदर्शन पनि गर्ने नेताहरुले निर्णय गरेका छन् । सँगै नेकपामाथिको प्रतिबन्ध फुकुवाको लागि पनि संघर्ष गर्ने नेताहरुले बताएका छन् ।

मोर्चामा आवद्ध एक नेताका अनुसार पहिलो चरणमा गर्ने कार्यक्रमबारे पनि चारै पार्टीका शिर्ष नेताहरुबीच सहमति भएको छ । जसमा बुटवलमा फागुन ६ गते, धनगढीमा १४ गते र इटहरीमा २१ गते जनसभा गर्ने संघर्षका कार्यक्रम तय गरेकाे छ ।

यसअघि क्रान्तिकारी माओवादीका नेतााहरुले विप्लवसँग मिलेर संघर्ष गर्ने बताउँदै आएका थिए । केही दिन पहिला एक टिभिजनसँग नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफूहरुले विप्लवसँगै बसेर छलफल गरेको बताएका थिए । नेताहरुका अनुसार विप्लव-वैद्यसहित आहुति र कट्टेलबीच काठमाडौं बाहिर भेटघाट र छलफल भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal