आज :

तयार भयो विप्लव-वैद्यसहित चार पार्टीको मोर्चा, विहीबार संयुक्त पत्रकार सम्मेलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी)सहित चार पार्टीको संयुक्त रणनैतिक मोर्चा तयार भएको छ । मोर्चाको कार्यक्रम र नेतृत्वबारे टुंगो लागेको छ ।

विप्लव नेतृत्वको नेकपा र वैद्य नेतृत्वमा क्रान्तिकारी माओवादीसँगै मोर्चामा ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलालले नेतृत्व गरेको वैज्ञानिक समाजवादी पार्टी पनि सहभागी छन् । चारै पार्टीका शिर्ष नेताहरुले मोर्चाको आगामी कार्यक्रम र सांगठानिक संरचनाको टुंगो लगाएका छन् । क्रान्तिकारी ध्रुविकरणको पहलकदमी लिने र वर्तमान संसदीय व्यवस्थाको विरोधी मोर्चाबन्दी गर्न मोर्चा तयार गरिएको नेताहरुले बताएका छन् ।

चारै पार्टीले संयुक्त रुपमा मोर्चाको आगामी कार्यक्रम र स्वरुपबारे लामो छलफल र गृहकार्य गरिरहेका थिए । एक नेताका अनुसार मोर्चा विस्तार गर्दै जाने पनि निर्णय भएको छ । संसदीय व्यवस्था विरोधी, देशभक्त, राष्ट्रवादी पार्टी, राजनीतिक संगठन र समूहलाई मोर्चामा गोलबन्द गरिनेछ ।

मोर्चाको मुल उद्देश्यले जनवाद, वैज्ञानिक समाजवाद स्थापना गर्ने हुनेमा चारै पार्टीका शिर्ष नेताहरु सहमत भएका छन् ।
नेकपामाथिको प्रतिबन्द हटाउन, राष्ट्रियता, जनजीवीकाका मुद्धालगायत विषयमा संयुक्त रुपमा सडक संघर्ष गर्ने मोर्चाले निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal