आज :

मुख्यमन्त्रीको कुर्सी बचाउन सत्तापक्षकै सांसदद्वारा संसद बैठक अवरुद्ध

काठमाडौँ । सरकार बचाउन सत्तापक्षकै सांसदहरुले संसद बैठक अवरुद्ध गरेका छन् । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फेल गराउने उद्देश्यले (नेकपा) ओली समूहकै सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् ।

(नेकपा) प्रचण्ड नेपाल समूहले संसद सचिवालयमा दतौ गरेको अविश्वास प्रस्तावबारे सहमति जुटाउन ओली समूहले छलफल गरेको थियो । तर, कुनै सहमति नभएपछि आइतबारको बैठक ओली समूहकै सांसदले अवरुद्ध गरे । उनीहरुले अविश्वास प्रस्तावमाथिको छलफल र प्रक्रिया अगाडि बढ्न नदिन संसद बैठक अवरुद्ध गरेका थिए ।

आइतबार ढिलोगरी सुरु भएको प्रदेशसभा बैठकमा सत्तारुढ दलले नै अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले दुई साताका लागि बैठक स्थगित गरे ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध गत पुस १२ गते सत्तारुढ दलकै प्रचण्ड–माधव समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर, सभामुखले बैठक सुरु गर्ने बित्तिकै सत्तारुढ दलको ओली समूहले अवरुद्ध गर्यो । सरकार पक्षले नै अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी बैठक ९ फागुनसम्मका लागि स्थगित भयो ।

मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । पार्टी एउटै भएकाले प्रस्ताव दर्ता गराएको केही दिनपछि ओली समूहले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १६ जनालाई निलम्बन गरेको थियो । आइतबार कारवाहीमा परेकालाई बैठकमा प्रवेश गर्न दिन नमिल्ने ओली समूहको अडान थियो ।

सभामुख भण्डारीले आइतबार दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । कार्यव्यवस्था परामर्श समितिको बैठक अघि ओली समूह र प्रचण्ड– माधव समूहका नेता छलफलमा बसे । छलफलमा सहभागी ओली समूहका नेता हिक्मतकुमार कार्की र बिमल कार्कीले बैठक १÷२ दिन सार्न आग्रह गरे । प्रचण्ड–माधव समूहका नेता इन्द्र आङ्बो, राजेन्द्र राई र लछुमन तिवारीले अविश्वासको प्रस्ताव टेवल गरेपछि केही दिनलाई सार्न तयार भए । तर, ओली समूहले आइतबारको बैठक स्थगित गर्नुपर्ने बताएपछि सहमति जुटेन ।

विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो । संसदको हिउँदे अधिवेशनका लागि सरकारले बिजनेस दिन सकेको छैन । बिजनेशका रुपमा अविश्वासको प्रस्ताव मात्र छ । बैठकमा अविश्वासको प्रस्ताव टेवुल गर्नुे विषय उठ्दा ओली समूहले सूचना टाँसेर बैठक रोक्नुपर्ने बतायो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र प्रचण्ड–माधव समूहले मानेन् ।

प्रचण्ड–माधव समूह अविश्वासको प्रस्ताव टेवल गरेर बैठक स्थगित गर्नुपर्ने अडानमा रह्यो । ओली समूहले सूचना टाँस गरेर स्थगित गर्नुपर्ने अडान राख्यो । बैठक सञ्चालन गर्ने हुँदा आफ्नो समूहले कारवाही गरेका १६ जनालाई कुनै हालतमा प्रवेश नदिने अडानमा ओली समूह बस्यो । सहमति नजुटेपछि सभामुखले अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची निकाले । करिब ४ बजे बसेको बैठकमा ओली समूहले असहमति जनाएपछि कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भयो ।

प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले गैरजिम्मेवारी पूर्ण व्यवहार देखाएको बताएको छ । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले संसद अवरुद्ध गरेर सरकारले नाङ्गो रुप देखाएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal