आज :

आजबाट दोस्रो चरणको खोप सुरु, पत्रकार र कूटनीतिक नियोगका कर्मचारी प्राथमिकतामा

काठमाडौं आजबाट कोरोना भाइरस विरुद्धको खोप अभियानको दोस्रो चरण सुरु हुँदैछ । अभियान अन्तरगत कूटनीतिक नियोगका कर्मचारी र अग्रपंक्तिमा कार्यरत पत्रकारहरुलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि पहिलो चरणको खोप अभियानमा चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको थियो । । नेपालमा १ लाख ८४ हजार ८ सय ५६ जना व्यक्तिमा खोप लगाईसकिएको छ । भारत सरकारको सहयोगमा नेपालमा आएको १० लाख डोज खोप हाल सम्म

पहिलो पटकको खोप अभियान माघ १४ देखि २४ गते सम्म सञ्चालन भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं सिभिल, टिचिङ्, पाटन र शहिदगंगालाल अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

जसमा पत्रकारलाई सिभिल अस्पताल र बाँकी तीन वटा अस्पतालवाट कूटनीतिक नियोगका कर्मचारीहरुलाई खोप लगाउने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।

भारत सरकारले अनुदानमा १० लाख डोज खोप दिएको थियो । सरकारले नेपालको जनसंख्याको ७२ प्रतिशत व्यक्तिलाई खोप लगाउने जनाएको छ । तर, अनुदानमा आएको खोप भन्दा थप ल्याउने कुनै प्रक्रिया नै सुरु गरेको छैन ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार खोप अभियानको दोस्रो कार्यक्रम सम्पन भएपछि दोस्रो डोजको खोप दिन सुरु गर्ने तयारी भइरहेको छ । भारतमा धेरै जनामा साइठ इफेक्ट देखिएपनि नेपाल भने अहिलेसम्म कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal