आज :

विश्व स्वास्थ्य संगठनले भन्यो–कोरोना भाइरस वुहानबाट फैलिएको होइन

काठमाडाँै । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) पहिलो पटक चीनको वुहानबाट नफैलिएको बताएको छ । कोरोना भाइरसबाट अनुसन्धान गर्न चीनको वुहान पुगेको डब्लूएचओलेको विज्ञ टोलीले गरेको अनुसन्धानले कोरोना वुहानबाट नभएर सामुद्रिक खानाहरूको बजारबाट विस्तार भएको पाइएको जनाएको छ ।

कोरोना भाइरसको जीवाणु वुहान भन्दा पहिले अन्त कतै फैलिएको र समुन्द्री खानाबाट वुहानसम्म पुगेको अनुसन्धान टोलीले बताएको छ । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनको टोलीले वुहान शहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा रहेको ल्याबको पनि अनुसन्धान गरेका थिए । कोरोना सुरुमा वुहानबाट फैलिएको देखिएको भन्दै विज्ञहरुले कहाँबाट उत्पत्ति भएको भन्नेबारेमा थप अनुसन्धान भइरहेको बताए ।

टोलीले कोभिड अन्यत्र उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरूको बजारबाट बिस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरूलाई उदृत गर्दै समाचार संस्था सिन्हले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धान गरिरहेका छन् । सुरुमा चीनले वुहान जान नदिएपनि अन्तर्राष्ट्रियस्तरमा बहस हुन थालेपछि चीन विश्व स्वास्थ्य संगठनको टोलीलाई अनुसन्धान गर्न दिन तयार भएको थियो ।

अहिलेसम्म कोरोना भाइरसको उत्पत्ति चीनको वुहानबाट भएको भन्ने संसारमा बुझाई बनेको बेला विश्व स्वास्थ्य संगठनको अनुसन्धानले नयाँ बहस सिर्जना गरिदिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उत्पत्ति कता भएको भन्ने कुराको अन्तिम अध्ययन गरिरहेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal