आज :

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर आयो डिम्याट खातामा : कहिले हुने भयो कारोबार ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ डिम्याट खातामा आएको छ । उक्त बैंकको शेयर आगामी सातादेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।

कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । माघ १६ गते बाँडफाँट भएको शेयरमा अधिकतम ६० कित्तासम्म शेयर परेको थियो । ४ लाख ९२ हजार ७२ जनाले ६० कित्तासम्म शेयर पाएका थिए ।

कम्पनीले जारी पूँजी २० अर्ब रुपियाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपियाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । यस कम्पनीले धितोपत्र बजारको इतिहासमै सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal