आज :

पूर्वजनमुक्ति सेनाका प्लाटुन कमाण्डर थापको शंकास्पद मृत्यु, छानविन गर्न माग

धनगढी । पूर्वजनमुक्ति सेनाका प्लाटुन कमाण्डर मानबहादुर थापा ‘आकाश’ को शंकास्पद मृत्यु भएको छ । बाजुराको हिमाली गाउँपालिका-२ रुम्दीका थापाको शंकास्पद मृत्यु भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  ओली पक्षका केन्द्रीय सदस्य सहदेव बोगटीकाअनुसार शंकास्पदरुपमा थापाको गाउँमै मृत्यु भएको थियो । उनको अन्त्येष्टि गरिसकिएको छ ।

बोगटीले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न माग समेत गरेका छन् । त्यस्तै परिवारले पनि घटनाको छानविन गर्न माग गरेका छन् । घाटीमा डोरी लगाएको अवस्थामा शव भेटिएको थियो ।

थापाले जनमुक्ति सेनामा रहेर सुदूरपश्चिमका धेरै लडाइँमा सहभागी भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal