काठमाडौँ । म्यानमारको सेनाले सत्ता हत्याएको र माघ १९ को शाही कदमको झल्को दिने गरी नेपाली सेना बख्तरबन्द गाडीसहित सडकमा निस्किएको छ । सोमबार राति नेपाली सेनाका बख्तरबन्द गाडीले एकाएक काठमाडौँका सडकमा मार्चा गरे ।
नेपाली राजनीतिमा माघ १९ गतेलाई कालो दिनको रुपमा हेरिन्छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहले माघ १९ गते नै प्रजातान्त्रिक सरकारलाई अपदस्त गरी सत्ता हातमा लिएका थिए । सोही दिन म्यानमारमा सेनाले सत्ता कब्जा लिएको चर्चा थियो । राति १० बजे नेपाली सेना सडकमा निस्किएपछि आशंका उब्जिएको छ ।
नेपालका बख्तरबन्द गाडीहरु सोमबार राति १० बजे काठमाडौंको सीतापाइलाबाट निस्केर चक्रपथ परिक्रमा गरेका थिए । सेनाको श्री युद्ध कवच गणको अगुवाईमा गरिएको मार्च पासको दिन भने माघको १९ गते नै पारिनुलाई पर्नुमा आममानिसले आश्चर्यका साथ हेरेका छन् । सेनाका गाडीहरु लस्करै सडकमा देखेपछि एकाएका आशंका र चर्चा भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेपाली राजनीतिमा संकट देखा परेको छ । सरकार चुनावको प्रचार गरिरहेको छ । सबै दलहरु विरोधमा सडकमा छन् । संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा छ । निर्वाचन आयोग चुनाव हुनेमा दोधारमै छ ।
उता नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडलले यसलाई नियमित अभ्यास भनेको छ । सेनाले २१ गते दिउँसो काठमाडौंबाट पाँचखाल र ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने तयारी छ ।
उसो त प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटना गरेलगत्तै नेपाली सेनाको गस्ती र गाडीहरु सडकमा देखिन थालेका थिए । संकटकालमाझैं रातिसम्म सेनाका गाडीहरु चोक तथा सडकमा देखिन थालेको थियो ।
सोमबार राति बख्तरबन्द गाडीसहित सेना सडकमा निस्किएपछि सामाजिक संजाल प्रयोगकर्ताहरुले ज्ञानेन्द्र शाहीको कदम र म्यानमारमा सेनाले सत्ता लिएको झल्को दिएको बताएका छन् । ज्ञानेनद्र शाहीले सत्ता हातमा लिएकै दिन सेना किन सडकमा निस्किएयो यो चर्चा र बहसको विषय भएको छ ।