आज :

विप्लवसहितको राजनीतिक सम्मेलन अबको निकासः शुसील

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष कर्णजीत बुढाथोकी ‘शुसील’ ले संसद पुनःस्थान र चुनाव निकास नभएको भन्दै राजनीतिक जनपरामर्श सम्मेलन गर्नुपर्ने बताए ।

‘संसद् पुनःस्थानपना वा चुनाव दुबै अबको विकल्प होइनन्, अबको निकासको विकल्प हामीसँग छ, त्यो हो राजनीतिक जनपरामर्श सम्मेन । यसमा अहिले संसद् पुनःस्थापनाको माग गर्ने र चुनाव भन्दै हिड्नेहरु मात्रै होइन, विप्लवले नेतृत्व गरेको नेकपा पनि सहभागी भएर अबको निकासबारे छलफल गर्नुपर्छ’ शुसिलले भने ।

क्रान्तिकारी पत्रकार संगठनले आइतबार संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै शुसीलले अहिलेकै अवस्थामा संसद् पुनःस्थाना वा चुनाव भएपनि जनताका अधिकारी झन् खोसिने बताए । उनले प्रचण्ड-नेपाल र अन्य राजनीतिक पार्टीले संसद् पुनःस्थनाको मागको कुनै औचित्य नभएको समेत बताए । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गर्न नसक्ने र गरेपनि प्रतिगमन झन् बढ्दै संविधानमा ग्यारेण्टी गरिएका अधिकारसमेत जनताले नपाउने बताए ।

जनयुद्ध लडेर आएको ठूलो शक्तिले अहिलेको सत्ता राजनीतिभन्दा बाहिर रहेको भन्दै अध्यक्ष शुसीलले राजनीतिक निकास सही ढंगले गर्न तयार नभए फेरि वि.द्रोह हुने चेतावनी दिए । उनले नेताहरु राजनीतिक अग्रगामी राजनीतिक निकासको लागि सही ढंगबाट छलफल गर्न तयार नभए  तयार त्यसको परिणाम गम्भीर हुने बताए ।

जनयुद्ध र जनआन्दोलनमा गरेको बलिदानले आएको परिवर्तनलाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गरेकोले समस्या भएको बताउँदै नेताहरुका कारण पार्टीहरु विभाजित हुने गरेको बताउँदै शुसीलले नयाँ प्रणालीमा विकास गर्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal