
धनगढी । नेपाल कम्मुनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव कुमार नेपाल समूहको विरोध सभा सुरु भएको छ । केन्द्रीय कार्यक्रमअनुसार शनिबार धनगढीमा विरोध सभा आयोजना गरिएको थियो ।
सभालाई सम्बोधन गर्दै सो समूहका अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल विहान धनगढी पुगेका थिए । उनीहरुलाई प्रदेशका इन्चार्जलगायतका नेताहरुले विमानस्थलमा स्वागत गरेका थिए ।
विरोध सभा तथा शक्ति प्रदर्शनको धनगढी चौराहाबाट सुरु भएर खुला मंचमा पुगेर सभामा परिणत भएको थियो । अहिले नेताहरुले सम्बोधन गरिरहेका छन् । दुबै अध्यक्षले बोल्न बाँकी छ ।
यसअघि ओली समूहले आयोजना गरेको सभामा भन्दा धेरै सर्वसाधारणको सहभागिता रहेको नेताहरुले दाबी गरेका छन् ।