आज :

निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल समूहको जवाफी पत्र, माघ १८ गतेपछि मात्रै उपस्थित हुन नसक्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगलाई जवाफी पत्र पठाएको छ । आयोगले दुबै समूहका अध्यक्षसहित प्रतिनिधिलाई छलफलको लागि बोलाएको थियो ।

प्रचण्ड-नेपाल समूहका कार्यालय सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्र लिएर नेपालीहरु लिलामणी पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा पुगेका थिए । पत्रमा अध्यक्ष प्रचण्ड र माधाव कुमार नेपाल काठमाडौं बाहिर भएको जानकारी गराउँदै माघ १८ गतेभन्दा अगाडि उपस्थित हुन नसक्ने उल्लेख छ । अध्यक्षद्वय प्रचण्ड र नेपालले आयोगमा आफै आउन चाहेको तर राजनीतिक कार्यक्रमका लागि उपत्यका बाहिर भएको जानकारी गराइएको छ ।

‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनुभइ प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम् उपस्थित भइ छलफल गर्न चाहानुभएको हुँदा सो का लागि आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहान्छुु’ पत्रमा उल्लेख छ । त्यस्तै माघ १८ गते पछि आयोगले बोलाए उपस्थित हुने बताइएको छ ।

यसअघि आयोगले दुबै समूहका गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै (नेकपा) विभाजन भएको थियो । तर, आयोगले विभाजन हुने आधार नपुगेको निर्णय गरेको छ । दुबै समूहले विभाजनपछि गरेका निर्णयलाई आयोगले अवैध घोषणा गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal