आज :

ओली र प्रचण्ड निर्वाचन आयोगमा जाँदै  

काठमाडौं । पार्टी विभाजन पछि पहिलो पटक केपी शर्मा ओली र प्रचण्ड आज निर्वाचन आयोगमा जान लागेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  को विवादबारे निर्वाचन आयोगले दुबै अध्यक्षलाई बोलाएको छ ।

आयोगले ओली र प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो । छलफलको लागि आयोगका बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले निर्वाचनसम्बन्धी विषयमा छलफल हुने बताए ।

(नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेसँगै पार्टी विभाजन भएको थियो । तर आयोगले विभाजनको  लागि आवश्यक प्रक्रिया नपुगेको भन्दै मान्यता नदिने निर्णय गरेको थियो । दुबै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै आएका छन् ।

आजको बैठकमा दल दर्ता लगाएका विषयमा मात्रै छलफल हुने भनिएपनि आधिकारिकता सम्बन्धी दाबी गर्ने दुबै पक्षले तयारी गरेका छन् । पार्टी विभाजनसँगै दुबै पक्षले गरेका निर्णयलाई समेत आयोगले मान्यता नदिएर निर्वाचन आयोगमा दर्ता भएको विधान र दुई अध्यक्षलाई मान्यता दिएको छ । आयोग यो निर्णयसँगै (नेकपा)को विवाद नयाँ चरणमा प्रवेश गरेको छ ।

आयोगको निर्णयले दुबै समूहलाई झट्का लागेको छ । ओली समूहले विस्तार गरेको केन्द्रीय समिति र संशोधन गरेको विधानलाई आयोगले मान्यता दिएन भने प्रचण्ड समूहले ओलीलाई कारवाही गरेर माधव कुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय पनि अवैध भएको छ । दुबै समूहले आझैं पनि आफू आधिकारिक दावी गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal