आज :

नागरिक आन्दोलनमाथि प्रहरी दमन, पत्रकार वाग्ले भन्छन्-तेस्रो जनआन्दोलन सुरु भयो

काठमाडौं । नागरिक अगुवाहरुको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि प्रहरीले दमन गरेको छ । नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार गरेको मार्चपासमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।

वृहत नागरिक आन्दोलनले कमलपोखरीबाट हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । मार्चपास सुरु गर्नुअघि कमलपोखरीमा नागरिकले माटोको टिका लगाएका थिए ।

प्रहरीले पानीको फोहोरा प्रहार गर्नुको साथै लाठीचार्ज समेत गरेको थियो । लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट पत्रकार नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाललगायत तीन दर्जन आन्दोलनकारी घाइते भएका छन् । घाइतेमध्ये निर्घको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र संघर्ष र स्वर्णिमलाई मोडल अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रहरीको लाठी र पानीको फोहोराबीच नागरिक अगुवाहरुले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा कदमविरुद्ध नाराबाजी गरेका थिए । नागरिक अगुवाहरुलाई सम्बोधन गर्दै पत्रकार नाराण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको भन्दै आम नागरिक सडकमा आउन पर्ने बताए । प्रहरी लाठीबाट घाइते समेत भएका वाग्लेले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सरकार फासिवादी बाटोमा हिडेको बताए ।

‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं । बिना सूचना बर्बर दमन गर्‍यो ‘, वाग्लेले भने, ‘अब तेस्रो जनआन्दोलन सुरु भयो’ वाग्लेले भने  । उनले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार आफूहरुले नै गर्ने जानकारी पनि दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal