आज :

संसद् विघटनविरुद्ध विरोधमा उत्रिएका २६ नागरिक अगुवा पक्राउ

काठमाडौँ । संसद् विघटन गर्ने प्रधामन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विरोधमा उत्रिएका मानव अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरिरहेका कृष्ण पहाडीसहित २६ जना मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

मानव अधिकारकर्मीले प्रधानमन्त्री ओलीले अदालतलाई प्रभावमा पार्ने उद्देश्यले विभिन्न अभिव्यक्ति दिइएको भन्दै मानवअधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको थियो । उनीहरुले राज्यसंयन्त्रको दुरुपयोग गरेर प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति दिएको र किर्तेतन्त्र चलाइएको भन्दै नाराबाजी समेत गरेका थिए ।

निशेषिध क्षेत्रमा विरोध प्रदर्शन गरेकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal