आज :

निर्वाचन आयोगले फुटलाई मान्यता नदिएपनि ओली-प्रचण्ड सँगै बस्न नसक्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनलाई निर्वाचन आयोगले मान्यता नदिने निर्णय गरेको छ । पुस ५ गते संसद् विघटनसँगै ओली र प्रचण्ड दुबै समूहमा विभाजित भएका छन् । दुबै समूहले सांगठानिक निर्णय गर्दै देशभर आक्रामक कार्यक्रम गरिरहेका छन् ।

आयोगले ओली समूहले गरेको केन्द्रीय कमिटी विस्तार र प्रचण्ड समूहले ओलीलाई गरेको कारवाही दुबैलाई आयोगले मान्यता नदिने निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षको दावी अनुसारको परिवर्तन हुनसक्ने देखिएन । साविककै विवरण अनुसार कायम भएको जानकारी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय भएको श्रेष्ठले बताए ।

आज आगोगले विस्तृत पत्र तयार गर्न लागेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ मा व्यवस्था गरेअनुसार दुबै समूहले पूरा गर्न नसकेको बताएको छ ।

आयोगको निर्णयसँगै ओलीले थप गरेका केन्द्रीय सदस्य पनि खारेज भएका छन् भने प्रचण्ड समूहले माधव कुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय पनि रद्द भएको छ । आइतबार मात्रै प्रचण्ड-माधव कुमार नेपाल समूहले ओलीलाई साधारण सदस्यबाट निष्काशन गरेको थियो ।

आयोगको निर्णय औपचारिक रुपमा सार्वजनिक भएको छैन । आयोगले निर्णय स्रोतबाट जानकारी भएसँगै के ओली र प्रचण्ड एकीकृत पार्टीमा बस्न सक्लान भन्ने प्रश्न उठेको छ । दुबै समूहले एक अर्कालाई गाली गर्दै देशभर कार्यक्रम गरिरहेका छन् । आयोगको यो निर्णयले (नेकपा)लाई फेरि जोड्न नसक्ने नेताहरु नै बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal