आज :

क्रान्तिकारी पत्रकार संगठनको बैठक सम्पन्न, उपाध्यक्ष जैसीको नेतृत्वमा महासंघको चुनावमा जाने

काठमाडौं ।  क्रान्तिकारी पत्रकार संगठन, नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । शनिबार (माघ १० गते) सम्पन्न केन्द्रीय समितिको भर्चुअल बैठकले चौथो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय उपाध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि केन्द्रीय पदाधिकारीदेखि प्रदेश हुँदै जिल्ला र प्रतिष्ठानसम्म उम्मेद्धारहरुको टिम तय गरेको कार्याबाहक अध्यक्ष दीपबहादुर घर्ती र महासचिव बाबुराम भुसालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै केन्द्रीय समितिको बैठकले वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र अग्रगामी शक्तिसहितको साझा मोर्चा बनाई पत्रकार महासंघमा साझा चरित्रको नेतृत्व चयनका लागि विभिन्न सञ्चार सम्बद्ध संघ/संगठनहरुसँग छलफल र वार्ताका लागि संगठनका कार्यवाहक अध्यक्षको नेतृत्वमा उपाध्यक्ष, महासचिव र २ जना केन्द्रीय सदस्य सम्मिलित समिति गठन गरिएको छ ।

त्यसै गरी राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सुनिश्चितता संघर्ष गर्ने निर्णय गरेको छ । नयाँ जनवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना संगठनको मुख्य अभिष्ट भएको र त्यसको आधार निर्माण गर्न संगठनले क्रान्तिकारी धुर्वीकरण अभियान चलाउने र देशभर प्रदर्शन तथा अन्तक्रिया कार्यक्रम देशव्यापी रुपमा अभियान र सशक्त संघर्षका कार्यक्रमहरु गर्ने बैठकले ठोस गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal