आज :

प्रचण्ड-नेपाल समूहको निर्णयः ओलीलाई साधारण सदस्यबाटै निष्काशित, सोमबार थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारवाही गरेको छ । सो समूहको आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्यबाटै निष्काशन गरेको छ ।

सो समूहले किन थप कारवाही नगर्ने भन्दै ओलीसँग स्पष्टिकरण मागेको थियो । (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानन्त्री ओलीले संसद् विघटन गर्ने निर्णय गरेसँगै (नेकपा) दुई समूहमा विभाजन भएको छ । निर्वाचन आयोगले निर्णय नगरेकोले आधिकारिकताको लडाइँ जारी छ ।

यसअघि प्रचण्ड-नेपाल समूहले बहुमतको निर्णय भन्दै अध्यक्षबाट ओलीलाई हटाएर माधव कुमार नेपाललाई चयन गरेको थियो । अध्यक्षबाट हटाएपछि माघ ३ गते बसेको सो समूहको स्थायी कमिटी बैठकले संविधान, लोकतन्त्र, जनता र पार्टीविरुद्ध गतिविधि गरेकाले साधारण सदस्यबाट किन नहटाउने भनेर ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उक्न निर्णय प्रचण्ड-नेपाल समूहका नेताहरु बालुवाटारमा पुगेर पत्र बुझाएका थिए । प्रवक्ता नारायण काजी श्रेष्ठका अनुसार ओलीले जवाफ नदिएकाले केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर निस्काशन गर्ने निर्णय सो समूहले गरेको छ ।

त्यसैगरी प्रचण्ड -नेपाल समूहले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनेनित समेत गरेको छ भने अर्का उपसचिव छिट्टै थपिने बताइएाको छ ।

त्यसैगरी संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्दै सिंगो देश एक ढिक्का भएको र पार्टीले थालेको संघर्षप्रति कार्यकर्ता उत्साहित रहेको  निष्कर्ष प्रचण्ड–नेपाल समूहको रहेको छ । बैठकले संयुक्त संघर्षका लागि पहल जारी राख्ने र एक अर्काले चलाएको आन्दोलनलाई पूरकका रुपमा अगाडि बढाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार भोलि नै संघर्ष समितिले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal