आज :

माघ १० गते बहिर्गमित जनमुक्ति सेनाको लागि कालो दिन, पुनः विद्रोह गर्ने चेतावनी

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले आज (माघ १० गते) कालो दिनको रुपमा मनाउन अपील गरेको छ । बहिर्गमित जनमुक्ति सेना नेपालका इन्चार्ज असिम आङबुहाङ लिम्बू ‘सुनिल’ र  अध्यक्ष  रमेश बसेल ‘करन’ ले संयुक्त रुपमा विज्ञप्ति  ज‍ारी गरेर गणतन्त्र स्थापनाको लागि दश वर्षे जनयुद्धमा सहभागी भएको तर तत्कालिन माओवादी नेतृत्व र राजनीतिक दलको सत्तालिप्साका कारण आफूहरुलाई अयोग्यको बिल्ला भिराएर अपमानित रुपमा शिविरबाट पठाइएको बताएका छन् ।

शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने भन्दै तत्कालिन माओवादी केन्द्र र सरकारबीच भएको सहमतिअनुसार २०६६ माघ १० गते ४ हजार ८ जनमुक्ति सेनाका योद्धालाई अयोग्य घोषित गरेर शिविरबाट निकालिएको थियो । आफूलाई अपमानित रुपमा शिविरबाट निकालिएको दिनलाई कालो दिनको रुपमा मनाउन बहर्गमित जनमुक्ति सेनाले अपील गरेको छ ।

तत्कालिन माधव कुमार नेपाल प्रधानमन्त्री रहँदा आफूहरुलाई जुन आश्वासनसहित शिविरबाट निकालिएको तर आजसम्म माग र मुद्दाबारे सबै मौन बसेको भन्दै विज्ञप्तिमा गणतन्त्रको बागडोर समाल्ने जोसुकै भएपनि आफूहरुका  समस्या निः शर्त समाधान हुनु पर्ने बताइएको छ । अन्यथा आजकै दिनलाई साझी राखेर वि’द्रोह गर्ने चेतावनी समेत दिइएको छ ।

”जुन आश्वासनका साथ हामीलाई शिविरहरूबाट निकालिएको थियो शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुराउने बहानामा तर विडम्बना आजसम्म हाम्रा माग मुद्दा र व्यवस्थापनका विषयमा सबै मौन छन किन ? हामी चाहान्छौ गणतन्त्रको बागडोर समाल्ने जो सुकै हुन्, हाम्रो समस्याको समाधान नि:शर्त हुनुपर्छ । अन्यथा यसै दिनको जगलाई साक्षी राखि हामीले पुन:विद्रोह गर्न नपरोस्” विज्ञप्तिमा भनिएको छ ।

अहिले आफुहरु सडकमा आएर आन्दोलन गर्नु पर्दा जनमुक्ती सेना सम्झिनेहरुलाई लालगद्दार भएको भन्दै बहिर्गमित जनमुक्ति सेनाले तत्कालिन माओवादी नेतृत्वले आत्मसमर्पण गरि आफ्नो स्वार्थको लागि अन्यायपूर्ण ढंगले जनमुक्ती सेना बिगठन गरेको र अहिले त्यो अन्यायको भार आफूहरुले बोकिरहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्तिः 

आज माघ १० गते बहिर्गमित जनमुक्ति सेना नेपालको निम्ति कालो दिन हो । गणतन्त्र नेपाल स्थापनाको लागि १० वर्षे जनयुद्धमा सहभागी भएको हामी योद्धाहरूलाई कथित शान्तिप्रकृयाको नाममा तत्कालीन माओवादी नेतृत्व र सात राजनैतिक दलको सत्तालिप्साको कारण हामी ४००८ योद्धाहरूलाई अपमानित गरि शिविरबाट बहिर्गमन गरेको दिन हो ।

मुलुक वर्तमान अवस्था सम्म आईपुग्दा अझै हामी स्वाभिमान ,पहिचान ,अधिकार र न्यायका लागि सडकमा संघर्षरत छौँ । अहिले आफुहरु सडकमा आएर आन्दोलन गर्नु पर्दा जनमुक्ति सेना सम्झिने लालगद्दारहरुले आत्मसमर्पण गरि आफ्नो स्वार्थको लागि अन्यायपूर्ण ढंगले जनमुक्ति सेना बिगठन गर्यो आज त्यो अन्यायको भार हामिले बोकिरहेका छौ ।तत्कालीन एमालेका नेता माधव कुमार नेपाल प्रधानमन्त्री रहँदा शान्तिप्रकृयालाई तार्किक निष्कर्षमा पुराउने बहानामा जुन आश्वासनका साथ हामीलाई शिविरहरूबाट निकालिएको थियो । तर, विडम्बना आजसम्म हाम्रा माग-मुद्दा र व्यवस्थापनका विषयमा सबै मौन छन किन ?

हामी चाहान्छौ गणतन्त्रको बागडोर सम्हाल्ने जो सुकै हुन्,हाम्रो समस्याको समाधान नि:शर्त हुनुपर्छ । अन्यथा यसै दिनको जगलाई साक्षी राखी हामीले पुन:विद्रोह गर्न नपरोस् । सबै सम्बन्धित पक्षहरूमा हाम्रा अपिल छ । हामी न्याय चिन्दछौं, त्यो बाहेक अरू केही चिन्दैनौं । त्यसकारण सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाको योद्धाहरूले आ-आफ्नो ठाउँबाट माघ १० लाई कालो दिवसको रूपमा मनाउन हार्दिक अपिल गर्दछौं । यसमा सम्पूर्ण न्यायप्रेमि जनसमुदायको अटल साथ रहन्छ भन्ने विश्वास पनि राखेका छौं।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal