
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण विहानैबाट जनजीवन प्रभावित भएको छ । विहानैबाट राजधानी काठमाडौँसहित देशभरमा छोटो र लामो दुरीमा चल्ने सवारी साधान चलेका छैनन् ।
विहानैबाट काठमाडौँबाट बाहिर जाने र भित्र आउने सवारी साधन बन्द रहेका छन् । बन्दका कारण बजार तथा कलकारखाना बन्द रहेका छन् । कोरोनापछि खुलेका केही जिल्लाका शैक्षिक संस्था पनि बन्द भएका छन् ।
नेकपाका कार्यकर्ताहरुले विहानैबाट ठाउँठाउँमा प्रदर्शन गर्दै फाट्टफुट्ट चलेका सवारी साधनलाई फिर्ता पठाइदिएका छन् । बन्दको प्रभाव कम पर्ने काठमाडौँ उपत्यकामा पनि फट्टफुट्ट मात्रै सार्वजनिक यातायात चलेका छन् ।
यसैबीच बन्दकर्ताले काठमाडौँ आउँदै गरेको बोलेरो भ्यानमा आगजनी गरेका छन् । मकवानपुरबाट काठमाडौँ फर्किँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा नेकपाका कार्यकर्ताहरुले आगजनी गरेका छन् । मकवानपुरमा सामान अनलोड गरेर फर्किँदै गरेको उक्त भ्यानलाई काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै आगजनी गरिएको प्रहरीले बताएको छ ।
त्यसैगरी चितवन, कैलाली, अछामलगायतका जिल्लामा कतै ब.म विस्फोट गरिएका छन् भने कतै शंकास्पद बस्तु भेटिएका छन् ।
नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पुस २९ गते ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट गि रफ्तार गरेको थियो । बाँस्तोलालाई अहिले ललितपुर प्रहरी परिसरमा राखिएको छ । बाँस्तोलाको गिर फ्तारीविरुद्ध पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर बन्दको घोषणा गरेका थिए ।