आज :

भोलि नेकपाको नेपाल बन्द, काठमाडौँसहित देशभर मशाल जुलुस

काठमाडौँ । नेपाल बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँसहित देशभर मशाल जुलुस निकालेको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बाँस्तोलाको गि रफ्तारीविरुद्ध नेकपाले भोलि (शनिबार) नेपाल बन्दको घोषणा गरेको थियो ।

पार्टीका महासचिव विप्लवले विज्ञप्ति नकिालेर चरणबद्ध संघर्षका कार्यक्रमसहित माघ १० गते नेपाल बन्दको घोषणा गरेका थिए । घोषित कार्यक्रमअनुसार नेकपाका नेता कार्यकर्ताहरुले आज साँझ देशभर मशाल जुलुस निकालेका हुन् ।

काठमाडौँको कोटेश्वर, पेप्शीकोला, किर्तीपुर, शंकरापुर, टोखालगायतका ठाउँहरुमा नेकपाका कार्यकर्ता तथा समर्थकहरुले मशाल जुलुस निकालेको नेकपाले जनाएको छ ।

त्यसैगरी नेकपाका कार्यकर्ताहरुले कैलाली, अछाम, डोटी, कास्की, नपलपरासी, पाल्पा, गुल्मी, रोल्पा, रुकुम, दाङसहित देशभका विभिन्न स्थानमा साँझ मशाल जुलुस निकालेका छन् । उनीहरुले सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका छन् ।

प्रहरीले बाँस्तोलालाई पुस २९ गते दिउँसो ललितपुर र मकवानपुर सीमा क्षेत्रबाट गि रफ्तार गरेको थियो । त्यसलगत्तै महासचिव विप्लवले विज्ञप्ति निकालेर त्यसको विरोध जनाएका थिए ।

विज्ञप्तिमा नेता कार्यकर्ता गिरफ्तारीले क्रान्तिकारीआन्दोलन रोक्ने सरकारको चेष्टा पूरा नहुने बताएका थिए । माघ ३ गतेदेखि विरोधमा संघर्षका कार्यक्रम घोषणा गरिएको थियो ।

ललितपुर प्रहरी परिसरमा राखिएको बाँस्तोलामाथि विभिन्न झुट्टा मुद्दा  लगाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal