![](https://onlinedabali.com/wp-content/uploads/2021/01/Prachanda-nepal.jpg)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्ड केपी शर्मा ओलीले पदको लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगरेको बताएका छन् । पार्टीले चुनावको बेला घोषणा गरेअनुसार काम गर्न नसकिएको बताए । उनले चुनावी घोषणापत्रमा गरेका प्रतिबद्धताअनुसार काम गर्न प्रयास गरेको तर ओलीले कार्यान्वयन नगरेको बताउँदै त्यसबाट आफूहरु पनि चोखो नभएको बताए ।
प्रधानमन्त्रीको लागि ओलीले जे पनि सहमति गर्ने तर पद पाइसकेपछि त्यो पूरै लत्याउँदै पार्टी विधान र अनुशासन नमानेको बताए । आफूहरु राष्ट्रपति इमान्दार भएकोले फेरि केपी प्रवृति तथा निरंकुशताविरुद्ध फेरि जनतासँग आएको बताए । जनताहरु २०६२/६३ को जनआन्दोलनको चेतना र निरंकुशताविरुद्ध जनताको जागरण देखिएको बताए ।
कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले शान्तिप्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र विघटन गर्न लागेको भन्दै खबरदारी समेत गरे । पदको लागि सहमति गर्ने तर कार्यान्वयन नगर्ने विधि विधान र पार्टीको नीतिअनुसार काम नगर्ने ओली प्रवृतिलाई तह लगाउन नसकेको प्रचण्डले आत्मालोचन समेत गरे ।
संसद् विघटन गर्ने ओलीको कदम अलोकतान्त्रिक, स्वच्छाचारी र निरंकुश भएको भन्दै त्यसविरुद्ध सबै पक्ष एक हुनु पर्ने बताए । आफूहरु ओली प्रवृतिविरुद्ध पहिलो जस्तो उदार नहुने समेत बताए ।
त्यसैगरी कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताउँदै यो कास्टिङ मात्र भएको र फिल्म सुरु हुन बाँकी नै भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका नेपालले पार्टीले दण्ड दिन सुरु गरिसकेको बताए । नेपालले ओलीलाई अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको जानकारी दिए ।
अध्यक्ष नेपालले आफू सुर्खेतबाट भरखर पुगेकोले ओलीले गल्ती गरेँ भन्दै पत्र पठाएको छ कि भन्नेबारे जानकारी नभएको बताए । नेपालले ओलीसँग फेरि नझुक्ने बताए ।