आज :

प्रचण्ड-नेपाल पक्षको शक्ति प्रदर्शनः ठाउँठाउँबाट जुलुस अगाडि बढ्दै 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव कुमार नेपाल समूहको काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट निस्केको जुलुस अगाडि बढिरहेको छ । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै आज काठमाडौंमा वृहत शक्ति प्रदर्शन गर्दैछ ।

काठमाडौं र ललितपुरका ९ स्थानबाट प्रदर्शन सुरु भएको जुलुस रत्नपार्कतिर अगाडि बढिरहेका छन् । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्केका जुलुस मुल जुलुसमा मिसिन रत्नपार्कतिर अगाडि बढिरहेका छन् ।

जुलुस भृकुटीमण्डपमा सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष प्रचण्डलगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

विभिन्न ९ स्थानबाट निस्किने जुलुसको नेताहरुले नेतृत्व गरिरहेका छन् । माइतीघरको जुलुशमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु रहने छन् ।

डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्ने छन् । लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले गरिरहेका छन् ।

देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसको नेतृत्व गरिरहेका छन् भने त्रिपुरेश्वरबाट निस्कने जुलसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरुले गरेका छन् ।

त्यसैगरी प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् भने शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन् ।

त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसको नेतृत्व देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले र वाल्मिकी क्याम्पसको जुलुसको नेतृत्व अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठले गरिरहेका छन् ।

विभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal