आज :

बगमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुँदै, काँग्रेस निर्णयक

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुन लागेको छ । प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।(नेकपा) को विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूहतिर लागेका मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो  । सो समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशसभा बैठक अनिश्चित जस्तो भएको थियो तर प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री पौडेल र (नेकपा) संसदीय दलका नेताहरुसँग बिहीबार राति छलफल गरेपछि बैठक आजै बोलाउने सहमति भएको थियो ।

प्रदेशसभाको सातौँ अधिवेशन बैठक गत माघ ७ गते दिउँसो सञ्चालन भई विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरिपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि स्थगन गरेका थिए ।

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावमा कस्तो रणनीति बनाउने भन्नेमा अहिले नेपाली काँग्रेसको बैठक बसिरहेको छ । (नेकपा)को विभाजनसँगै प्रदेशहरुमा काँग्रेस निर्णयक बनेको छ । बागमती प्रदेशमा काँग्रेस कसको पक्षमा उभिने भन्ने निर्णय हुने बताइएको छ ।

त्यसैगरी प्रदेश नम्बर १ मा पनि प्रचण्ड-नेपला समूहले अविश्वास प्रस्ताव ‍दर्ता गरिसकेको छ । केही सांसदहरुले हस्ताक्षर फिर्ता लिएपछि प्रचण्ड-नेपाल समूहलााई धक्का लागेको छ । प्रदेश नम्बर १ मा पनि काँग्रेस निर्णयक हुने देखिएको छ ।

काँग्रेसको नेतृत्वमा सरकार बनाउन जो समूह तयार हुन्छ उसैलाई साथ दिने नेताहरुले बताइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal