काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा १ हजार ९६९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ४ जनाले ज्यान गुमाएसँगै यो संख्या पुगेको हो ।
त्यसैगरी नेपालमा २ हजार ६७ हजार ९९२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये २ लाख ६२ हजार २५९ जनाले कोरोना जितेर सामान्य जीवनमा फर्किएका छन् । मन्त्रालयका निको हुने दर ९७.९ प्रतिशत पुगेको छ । मंगलबार थप ४४१ जना डिस्चार्ज भएको थिए ।
संक्रमितमध्ये ३ हजार ७६४ जना मात्रै उपचारमा छन् । उनीहरुमध्ये धेरै होम आइसोलेशनमा र गम्भीर स्वास्थ्य समस्या देखिएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । गम्भीर स्वास्थ्य समस्या भएका १६१ जना आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । छ । यस्तै मंगलबारसम्म १९० जना क्वारेन्टिनमा छन् ।