आज :

प्रेस संगठनको भेलामा प्रचण्डले भने- ओलीले हिटलर बन्न खोजे तर हातमा केही छैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलर बन्न खोजेको तर सत्ता हातबाट गुमिसकेको बताएका छन् । प्रचण्डले घुमाउरो भाषामा सत्ता ओलीको हातबाट गुमिसकेको बताए ।

मंगलबार काठमाडौंमा आफ्नो समूह निकट पत्रकारहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब केपीको हातमा केही पनि छैन, प्रष्ट बुझ्नुहोला । जुन दिन केपीले संसद विघटन गर्नुभयो त्यो दिनदेखि केपीको हात सकियो । अन्तै छ चिजहरु ।’

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रकृयालाई भंग गर्ने र देशलाई दुर्घटनातिर लैजाने दुश्कर्मको सुरुवात गरेको आरोप लगाए । आफ्नै पार्टीको प्रधानमन्त्रीले आफैले जन्माएको संविधानको ह.त्या गर्न लागेकाले आफूहरु संघर्षमा होमिएको बताए ।

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको राजतन्त्रको पुनः स्थापना गर्न चाहाेको भन्दै प्रचण्डले देशलाई विध्वंश गर्ने प्रतिक्रान्तिको उक्त योजनालाई जसरी पनि असफल पार्नुपर्ने बताए । उनले प्रतिगमन र प्रतिक्रान्तिको प्रयास रोक्न पत्रकारहरुको भेला सफल हुनेमा विश्वास व्यक्त समेत गरे ।

प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवाद नांगिएको बताउँदै प्रचण्डले जनता अब भ्रममा नभएको बताए । ओलीको निरंकुश र दम्भका कारण अहिलेको अवस्था आएको भन्दै प्रचण्डले निर्वाचन आयोग र सर्वोच्चलाई धम्क्याउदै हिँडेको र सेटिङ गरेको भन्ने केपी गुटलाई प्रश्न गर्नुपरेको प्रचण्डले बताए । देश भाँडमा जाने ओलीको कर्मको फल ओलीले चाँडै भोग्ने बताउँदै प्रचण्डले प्रेस संगठनलाई प्रतिगमनको दुस्साहसलाई पराजित गर्नेगरी आन्दोलनको आँधीहुरी ल्याउनका लागि अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal