आज :

धर्मेन्द्र बाँस्तोलाको रिहाईको माग गर्दै काठमाडौंसहित देशभर विरोध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाको गि रफ्तारीविरुद्ध काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरिएको छ । नेकपाका नेता-कार्यकर्ता तथा समर्थक र शुभचिन्तकले सोमबार काठमाडौंको कोटेश्वरलगायतका ठाउँमा विरोध प्रदर्शन गरेका थिए ।

पुस २९ गते बाँस्तोलालाई कमवानपुर र ललितपुरको सीमा क्षेत्रबाट प्रहरीले गि रफ्तार गरेको थियो । नेकपा महासचिव विप्लवले बाँस्तोलाको गिर फ्तारविरुद्ध यही माघ १० गते नेपाल बन्दसहितका कार्यक्रम घोषणा गरेका छन् ।

घोषित कार्यक्रमअनुसार नेकपाका नेता कार्यकर्ताहरुले विरोध प्रर्दशन गरिरहेका छन् । आइतबार र सोमबार काठमाडौं, अछाम, कैलाली, सुर्खेत, कपिलबस्तुसहित देशभर बाँस्तोलाको रिहाइको माग गर्दै नेकपाका कार्यकर्ताहरुले विरोधसभा गरेका छन् । विरोधसभामा बोल्दै बक्ताहरुले फरक राजनीतिक विचारकै कारण सरकारले बाँस्तोलालाई गैरन्यायीक रुपमा गि रफ्तार गरेको भन्दै त्यसको शसक्त प्रत‍िवाद गर्ने चेतावनी दिएका थिए ।

कोरोना महामारीका कारण पार्टीले सम्पूर्ण सशक्त संघर्षका कार्यक्रम स्थगित गरेर राजनीतिक गतिविधिमात्रै सिमित भएको बेला सरकारले दमन जारी राखेको भन्दै नेकपाका नेता कार्यक्रता आक्रोसित भएका छन् ।

घोषित कार्यक्रमअनुसार आज पनि देशभर विरोध प्रदर्शनको तयारी भइरहेको नेकपाले जनाएको छ । त्यस्तै भोलि देशभर मशाल जुलुस निकाल्ने तयारी पनि भइरहेको छ ।

बाँस्तोलालाई महानगरिय प्रहरी परिसर जावलाखेलमा राखिएको छ । प्रहरीले ब म विस्फोट, राज्यविरुद्धको अपराध, अपराधिक लाभ जस्ता झुट्टा मुद्दा लगाएर अनुसन्धान गरिरहेको छ । अदालतले ६ दिनको म्याद थपेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal