आज :

धर्मेन्द्र बाँस्तोलालाई ६ दिन म्याद थप, प्रहरीले चरम यातना दिएको खुलासा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई ६ दिनको म्याद थप भएको छ । जिल्ला अदालत, ललितपुरले एक साताको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले बास्तोलाविरुद्ध तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ । यसअघि हेमन्तप्रकाश ओली, माइला लामामाथि लगाएको एनसेल कार्यमा भएको विस्फोटको मुद्दा बाँस्तोलालाई पनि लगाएको छ । २०७५ साल फागुनमा भएको ब म विष्फोटको मुद्दामा बाँस्तोलालाई प्रतिवादी बनाइएको थियो ।

त्यसैगरी यसअघि गिर फ्तार गरेका नेकपाका आर्थिक विभागका सेक्रेटरी प्रेम दर्नालले बयानमा पोलेका कारण  पनि बाँस्तोलालाई थप गारो भएको बताइएको छ । पोलेका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रहरीले बाँस्तोलाविरुद्ध प्रहरीले ब’म विष्फोटन, हातहतियार तथा खरखजाना, चन्दा असूली, आपराधिक लाभ, राज्यविरुद्धको कसूर र संगठित अपराधको अभियोग लगाएको छ ।

विहीबार बाँस्तोलासँगै गिर फ्तार परेका विवेक कुमाल  र रोजन रखाल पनि एक हप्ताको म्याद थप गरेको छ । उनीहरुविरुद्ध अदालतबाट वारेन्ट जारी भएको अभियुक्तलाई भगाउने प्रयास गरेको अभियोग लगाएको छ ।

प्रहरीले बाँस्तालालाई चरम यातना तथा अमानवीय व्यवहार गरेको खुलासा भएको छ । परिवारसँगको भेटपछि बाँस्तोलासँगै गिर फ्तार भएका विवेक र रोजनलाई पनि चरम यातना दिएको खुसाला भएको हो ।

नियन्त्रणमा लिइसकेका व्यक्तिहरुमाथि यतना तथा अमानवीय कार्य जारी राखेको भन्दै परिवारले मानव अधिकार आयोग तथा मानव अधिकारवादीको ध्यानाकर्षण गराएका छन् ।

यसैबीच बाँस्तोलाको गिरफ्तारविरुद्ध नेकपाले यही माघ १० गते नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ । नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरेर एक हप्ताका संघर्षका कार्यक्रमसहित नेपाल बन्दको घोषणा गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal