News Portal

  • हिमाल डेन्टल हस्पिटलको शाखा साँखुमा पनि, २४ सैं घण्टा गुणस्तरीय मुख तथा दन्त सेवा 

    डबली संवाददाता२०७७ माघ ३ गते
    १०४ पटक

    काठमाडौं । हिमाल डेन्टल हस्पिटलले साँखुमा शाखा संचालनमा ल्याएको  छ । सामाजिक दायित्वलाई बोध गर्दै काठमाडौंको साँखुमा पनि हिमाल डेन्टल हस्पिटलको शाखा बिस्तार गरेको अस्पतालले बताएको छ ।

    अस्तपालका अध्यक्ष डा. राजेन्द्र भट्टले साँखु शाखाबाट सर्वसुलभ र गुणस्तरीय मुख तथा दन्त सम्बन्धि सेवा उपलब्ध हुने जानकारी दिए । उनले साँखु आसपासका बासिन्दाको सेवा गर्न पाउँदा खुशी लागेको बताए ।

    दन्त चिकित्सा सेवा सँगै दक्ष जनशक्ति तयारी गरिरहेको हिमला डेन्टलले पूर्वदेखि पश्चिमसम्म शाखा संजाल विस्तार गरिसकेको छ । अस्पतालका सबै शाखाले २४ सैं घण्टा दात तथा मुख सम्बन्धी गुणस्तरिय सेवा प्रदान गरिरहेका छन् ।

    साँखु शाखाले पनि २४ सैं घन्टा सेवामा दात तथा मुख सम्बन्धी सम्पूर्ण रोग तथा समस्याको समाधन गरिने अस्पतालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्