आज :

गोपाल किरातीको आधार क्षेत्रमा माओवादी केन्द्रको भव्य भेला

धरान । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले पूर्व अध्यक्ष गोपाल किरातीको आधार क्षेत्र मानिने धरान र १ नम्बर प्रदेशको तेस्रो भेला पुस २९ गते धरानमा सम्पन्नमा भव्यताकोसाथ सम्पन्न भएको छ । धरान स्थित लाङ्घाली सामुदायिक बन उपभोक्ता समितिको भवनमा सम्पन्न भएको उक्त भेलामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष बुढाथोकीको प्रमुख आतिथ्यतामा र पार्टीका वरिष्ठ नेता तिलक थापा मगरको विशेष आतिथ्यमा सम्पन्न भयो हो ।

माओवादी केन्द्रका पूर्व अध्यक्ष गोपाल किरातीमा वैचारिक विचलन आएसँगै किरातीलाई कारबाही गरि तत्कालीन महासचिव कर्णजित बुढाथोकीले नेतृत्व सम्हाले पछि भएको सांगठनिक गतिविधि र पार्टीको चलायमन गतिसँगै भएको विकासले अहिले किरातीको आधार क्षेत्र प्रदेश नम्बर १ मा नेकपा (माओवादी केन्द्र) ले तिब्र गति लिएको भेलामा वरिष्ठ नेता थापाले बताए । भेला पश्चात् पूर्व अध्यक्ष किरातीको आधार क्षेत्र मानिएको त्यस क्षेत्रमा ठूलै धक्का पुगेको छ ।

उक्त १ नम्बर प्रदेश भेलामा गोपाल किरातीको समूहबाट विद्रोह गरि किराती समूहको पोलिटब्यूरो सदस्य कुमार याक्खा राई, केन्द्रीय सदस्य जुरिलाल मोची, केन्द्रीय सदस्य लुकमान मन्सुरी लगायत दर्जनौ नेता तथा कार्यकर्ताहरु र डबल नेकपाबाट राजु तिवारी क्षेत्री, भानु कोइराला, खिला बहादुर तिवारी, सुरतलाल चौधरी, रामकुमार भुजेल, मोहमद हकिम, झमक बानियाँ, गिर बहादुर विश्वकर्मा, फणिन्द्र पोखरेल,मान बहादुर बस्नेत, विनोद चौधरी र नेत्र विक्रम श्रेष्ठ नेकपा (माओवादी केन्द्र ) मा प्रवेश गरेका छन् । कार्यक्रममा किरातीको समूहबाट माओवादी केन्द्रमा प्रवेश गरेका सबैलाई पार्टी अध्यक्ष कर्णजित बुढाथोकी र वरिष्ठ नेता तिलक थापा मगर लगायतले स्वागत गरेका थिए ।

भेलाले जोडीलाल मोचीको अध्यक्षतामा ४९ सदस्यीय प्रदेश समिति गठन गरेको छ । जसमा उपाध्यक्षमा स्मृति रिजाल र शिवकुमार थापा, सचिव राज क्षेत्री (संगठन हेर्ने) र कार्यालय सचिव रमेश न्यौपाने रहेका छन् । सचिवालय सदस्यहरु पूर्व सभासद बाबुलाल पासवान, लुकमान मन्सुरी, भानुभक्त कोईराला, दिनेश खड्का, जिवन लोहार, देश कुमार राई, अशोक मुखिया, योगेन्द्र ऋषिदेव, आनन्द कोईराला, नेत्रविक्रम श्रेष्ठ, उमेश रोक्का (मेहन्त) रहेका छन् भने अन्य प्रदेश सदस्यहरुमा कमल गौली, मञ्जु बेगम, गुल्सुन खातुन, दिरामणी पोखरेल, खिला बहादुर तिवारी, सुरथलाल चौधरी, रामेश्वर ऋषिदेव, राजकुमार विश्वकर्मा, फणीन्द्र पोखरेल, महोमद हकिम, राजकुमार भुजेल, झमक बानियाँ, गिर बहादुर विश्वकर्मा, विनोद चौधरी लगायतका छन् । भेलाले जनवर्गीय संगठनको जिम्मेवारी समेत तोकेको छ जसमा शिवबहादुर थापा मजदुर संयोजक, जिवन लोहार वाईसीएल संयोजक र मञ्जु बेगम मुस्लिम संयोजकमा चयन भएको छ ।

दुई तिहाइको सरकारको नेतृत्व गर्न नसकेर असंवैधानिक तवरले संसद विघटन गरेसँगै संसदीय व्यवस्थाको अन्त्य र सर्वदलीय सरकार गठनकोे माग गर्दै आएका नेकपा (माआोवादी केन्द्र) को वस्तुगत निर्णयसँगै सबैको ध्यान केन्द्रित भएको छ । ओली सरकारले गैर जिम्मेवारी, स्वेच्छाचारी, निरङ्कुशताका साथ जनयुद्ध र जन(आन्दोलनको आदर्श, मूल्य, मान्यता र राजनीतिक उपलब्धिहरु एकपछि अर्काे गरि खोस्दै लाने दुस्साहस भएको माओवादी केन्द्रको ठहर छ ।

माओवादी केन्द्रका अनुसार कतिपय पार्टीहरु मध्यावधि चुनावको माग गरिरहेका र कतिपय पार्टीहरुले संसद पुनर्स्थापनाको माग गरिरहेको भन्दै यि दुबै मागहरुले आगामी राजनीतिक संकटलाई हल गर्न नसक्ने भन्दै “राजनैतिक जन(परामर्श सम्मेलन“ आयोजना गरेर राष्ट्रिय जनपक्षीय, सर्वदलीय सरकार गठनले मात्रै वैज्ञानिक राजनीतिक निकास दिने र यसैको माध्यमबाट देशभक्त, बामपंथी, प्रगतिशील मोर्चाको निर्माणले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको महत्त्वपूर्ण सवालको संवोधन हुने कुरामा जोड दिईएको छ ।

त्यसैको परिणाम स्वरुप नेकपा (माओवादी केन्द्र), माओवादी जनमुक्ति पार्टी, नेपाल र नेकपा संयुक्त (क्रान्तिकारी) बीच अस्ति पुस २६ गते काठमाडौंको अनामनगर स्थित संवाद डबलीमा पार्टी एकता भईसकेको छ भने सहि कार्यदिशा, नीति तथा कार्यक्रमकै कारण नेकपा (माओवादी केन्द्र) मा पार्टी एकता प्रक्रियामा आउने, ध्रुवीकरणमा आउने पार्टी प्रवेश गर्नेको लहर चलेको छ । कार्यक्रम किराती समूहबाट विद्रोह गरि आएका पोलिटब्यूरो सदस्य कुमार याक्खा राईको सञ्चालनमा प्रदेश इन्चार्ज लक्ष्मण कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal