आज :

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम पढाई हुँदै 

काठमाडौं । अब कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम पढाई हुने भएको छ । सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रमविरुद्ध परेको रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रममा लागु हुने भएको छ ।

लामो समयदेखि पाठ्याक्रम विवाद अन्त्य गर्दै सर्वोच्चले मंगलबार नयाँ पाठ्यक्रम लागु नगर्न माग गर्दै दायर गरिएको रिट खारेज भएको फैसला सुनाएको थियो ।

शिक्षा मन्त्रालयले नयाँ पाठ्यक्रम लागु गराउने निर्णय गरेपछि त्यसविरुद्ध गत असोजमा सर्वोच्चमा यस विरुद्ध रिट दर्ता भएको थियो । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ पास गरिसकेको छ ।

नयाँ पाठ्यक्रमअनुसार केही दिनभित्रै पढाई सुरु हुने शिक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । अनलाइन कक्षा संचालन गरिरहेका विद्यालयमा पनि नयाँ पाठ्याक्रमअनुसार पढाई गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal