आज :

अखिल क्रान्तिकारीद्वारा मध्यपश्चिम विश्वविद्यालयमा भएको घटनाको विरोध, दोषीलाई कारवाहीको माग

काठमाडौँ । अखिल क्रान्तिकारीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले प्रहरी लगाएर आन्दोलनरत विद्यार्थीमाथि निर्मम दमन गर्न लगाएको भन्दै विरोध जनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका भेरी–कर्णाली संयोजक हर्कबहादुर बिकले विज्ञप्ति जारी गरेर विश्वविद्यालयमा भएको घटनाले संगठनको ध्यानाकर्षण गरेको जनाएका छन् ।

“यहि पौष २६ गते मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीहरुमाथि विश्वविद्यालय र प्रहरी प्रशासनको मिलेमतोमा गरिएको निर्मम दमन र धरपकडप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । आफ्ना जायज मागहरू विश्वविद्यालय समक्ष राख्न पाउने विद्यार्थीहरुको अधिकारमाथि धावा बोलिनु अत्यन्तै खेदजनक छ” विकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालय खोज, अध्ययन र अनुसनधानसहितको बौद्धिक एवं प्राज्ञिक थलोको रुपमा बुझिने भएपनि नेपालका धेरै विश्वविद्यालय सत्तासील शक्तिको निहित स्वार्थको चंगुलमा रहेको बताउँदै संयोजक बिकले मध्यपश्चिमा विश्वविद्यालय यसले विश्वविद्यालयको गरिमा र महत्वमाथिम नै प्रश्न उठेको बताएका छन् ।

संयोजक बिकले जारी गरेको विज्ञप्तिम भनिएको छ, “सामान्यतः विश्वविद्यालयहरुलाई खोज, अध्ययन, अनुसन्धानसहितको बौद्धिक एवम् प्राज्ञिक थलोका रुपमा बुझिन्छ । तर, नेपालका विश्वविद्यलयहरु सत्तासीन शक्तिको निहित स्वार्थको चंगुलमा छन् । जसले गर्दा विश्वविद्यालयको गरिमा र महत्वमाथी नै प्रश्न उठ्ने गरेको छ । मध्यपश्चिम विश्वविद्यालय पनि यसैको शिकार भएको तथ्य स्पष्ट नै छ । भ्रष्टाचारको अखडाको रुपमा रहेको यस विश्वविद्यालयलाई भ्रष्टाचारमुक्त बनाई असल शैक्षिक थलोका रुपमा स्थापित गर्न जरुरी भएको बेला अध्ययनरत विद्यार्थीहरु, सम्बद्ध सरोकारवाला सबै पक्षहरुसँग सहकार्य गर्न छोडेर फासिस्ट र क्रुरशैलीमा विश्वविद्यालय प्रशासन आफै उत्रिएको छ । प्रहरी प्रशासनको दुरुपयोग गरि आन्दोलनरत विद्यार्थीमाथी दमन गरिएको उक्त घटनाको हाम्रो संगठन घोर निन्दा एबम् भत्सर्ना व्यक्त गर्दछ । साथै घटनाको निष्पक्ष छानबिन गरि दोषीमाथी कडा कार्बाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं । आन्दोलनरत विद्यार्थीहरुका मागहरूको तुरुन्तै समाधान गर्न हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal