आज :

प्रचण्ड-माधवले निर्वाचन प्रक्रिया रोक्न गरेको आग्रह अस्वीकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपाल समूहले निर्वाचन प्रक्रिया स्थगित गर्न गरेको आग्रह निर्वाचन आयोगले अस्वीकार गरेको छ । सोमबार प्रक्रिया रोक्न सो समूहका नेताहरु आयोगमा पुगेका थिए ।

प्रचण्ड–नेपालसहति सो समूहका नेताहरु र आयोगका अधिकारीहरुबीच सामान्य छलफल भएको थियो । सो क्रममा आयोगका अधिकारीहरुले चुनाव प्रक्रिया रोक्न नसकिने जानकारी दिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेसँगै (नेकपा) फुटेको थियो । फुटले मानुनी मान्यता पाउन बाँकी नै छ । निर्वाचन आयोगले पनि कसलाई वैधानिकता दिने भन्नेबारे निर्णय गरिसकेको छैन । दुबै पक्षले आआफ्नो दाबी जारी राखेका छन् ।

संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा परेको र पार्टीको विवाद पनि कानुनीरुपमा टुंगिएको छैन । (नेकपा)को प्रचण्ड–नेपाल समूहले संसद पुनस्र्थनाको माग गर्दै अदालतमा रिट दायर गरेको छ । संवैधानिक इजलासमा बहस सुरु भएपनि मुद्धाबारे फैसला हुन बाँकी छ ।
प्रचण्ड नेपालसँग आयोगका पदाधिकारीहरुले भने मतदाता नामावली संकलन रोकेर मतदान केन्द्र निर्धारणको काम मात्र भएको जवाफ दिएका छन् ।

वैधानिकताको लागि निर्णय गर्ने भन्दै आयोगले दुबै समूहलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal