आज :

‘ओलीको प्रतिगमनविरुद्ध पत्रकारहरुको मोर्चाबन्दी आवश्यक’

काठमाडौं । विभिन्न संचार सम्बद्ध संघ–संगठनका नेताहरुले प्रतिगमन र निरङ्कुशताका विरुद्ध वृहत मोर्चाबन्दी जरुरी भएको बताएका छन् । उनीहरुले प्रधानमन्त्रीकोकदमले मुलुक पश्चगमनतिर धकेलेकाले सम्पूर्ण पत्रकार तथा संचारकर्मीले पूर्ण लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भएर आन्दोलनमा होमिनु पर्ने बताए । आसन्न पत्रकार महासंघको महाधिवेशनलाई आन्दोलनकै रुपमा मनाउन आह्वान गर्दै नेताहरुले त्यसका लागि तयारी थाल्नु पर्नेमासमेत जोड दिएका थिए ।

सोमबार राजधानीको संवाद डबलीमा भाएको ‘अहिलेको राजनीतिक जटिलता र पत्रकारको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले प्रधानमन्त्री केपी ओलीले मुलकलाई पछाडि धकेलेकाले उनको अलोकतान्त्रिक कदमविरुद्ध आन्दोलित हुनुपर्ने बताए ।

दाहालले भने, “प्रधानमन्त्रीको कदम एकात्मक सामन्ति प्रणालीतर्फ उन्मुख छ, त्यसलाई रोक्न मोर्चाबन्दी कसौं ।” दाहालले पत्रकार महासंघको भावी नेतृत्व साझा चरित्रको हुनुपर्ने र लोकतन्त्रको रक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मुल एजेण्डा बनाएर आन्दोलनमा होमिनु पर्ने सुझाब दिए ।

नेपाल प्रेस युनियनका महासचिब अजयबाबु शिवाकोटीले लोकतन्त्रको रक्षार्थ पत्रकारहरु जहिलेपनि लडिरहेको इतिहास स्मरण गर्दै अहिलेको संकटबाट मुक्ति पाउन संयुक्त आवाज लिएर आन्दोलित हुनुपर्ने धारणा राखे । उनले अबको महासंघको नेतृत्व साझा चरित्रको बनाउन जस्तोसुकै त्याग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । “मुख्य कुरा गुम्न लागेको लोकतन्त्रको रक्षा गर्नु हो, यो साझा मुद्धामा युनियन सबै पत्रकारहरुसँग हातेमालो गर्न तयार छ” शिवाकोटीले भने ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले अहिलेको सरकार प्रतिगामी र फासिवादी चरित्रको भएकाले त्यसको विकल्पमा अग्रगामी एजेण्डा लिएर पत्रकारहरु आन्दोलित हुनुपर्ने विचार व्यक्त गरे । प्रेस स्वतन्त्रको रक्षा, जनजिविकाको सुनिश्चितता र जनतामा आधारित गणतन्त्र प्राप्तिका लागि सबै तप्काले संयुक्त संघर्षको उठान गर्नुपर्ने बताए ।

 

क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसीले असफलसिद्ध संसदवादको विकल्प नखोजी पत्रकारहरुका आधारभूत समस्या हल नहुने र जनताका राजनीतिक तथा मौलिक अधिकारको ग्यारेण्टी नहुने भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको पूर्ण जनतान्त्रिक व्यवस्था स्थापनाका लागि पत्रकार, नागरिक समाज, बुद्धिजीवी आम नागरिक मिलेर संयुक्त आन्दोलनको उठान गर्नुपर्ने बताए । पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका जैसीले महासंघ श्रमजीवीहरुको आस्थाको केन्द्र र साझा चरित्रको बनाउन सबै पक्षले दृढता व्यक्त गर्नुपर्नेमा जोड दिए ।

प्रगतिशील पत्रकार संघका निवर्तमना अध्यक्ष नारायण शर्माले संकटको भूमरीमा फसेको मुलुकलाई जोगाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । पछिल्लो राजनीतिक संकट ठूलो डिजाइनबाट उत्पन्न भएको प्रष्ट्याउदै शर्माले संयुक्त दबाब सिर्जना गरेर लोकतन्त्रको रक्षा गर्नुपर्ने धारणा राखे । उनले पत्रकार महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्न ठूला संगठनहरुले त्याग गर्दै सबैलाई समेटेर लैजाने दृढता देखाउन सुझाए ।

प्रेस नेपालका अध्यक्ष केशव अर्यालले लोकतान्त्रिक विधिबाट चुनिएको वर्तमान ओली नेतृत्वले त्यही आधारलाई भत्काउदै जनताको स्वतन्त्रतामाथि धाबा बोल्नेतिर मुखरित भएकोले पत्रकार तथा संचार जगतले त्यसविरुद्ध लड्ने बेला आएको बताए ।

मधेशी पत्रकार मञ्चका अध्यक्ष मोहन सिंहले जनयुद्ध, जन–आन्दोलन तथा मधेश आन्दोलनबाट निर्माण भएको संघीयतालगायतका उपलब्धिहरुलाई उल्टाएर प्रतिगमन लाद्ने ओली सरकारलाई पत्रकार र आम जनसमुदाय मिलेर संयुक्त आन्दोलनको बलमा लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए ।

मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालले वर्तमान राजनीतिक संकटलाई सम्पूर्ण लोकतान्त्रिक समुदायले अहिलेको अलोकतान्त्रिक सरकारको जनवीरोधी रबैयाको भण्डाफोर गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमको संचालक संवाद डबलीका सचिव धनन्जय बुढाले संचालन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal