
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै देखा परेको राजनीतिक जटिलतामा पत्रकारको भूमिका के हुन्छ भन्नेबारे अन्तरसंवाद कार्यक्रम हुँदैछ । संवाद डबलीको आयोजनामा आज (सोमबार) विहान १०ः३० बजे संवाद डबलीले अनामनगरस्थित आफ्नै हलमा कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा विभिन्न पत्रकार संगठनका प्रमुखले आफ्ना धारणा राख्नेछन् । संवाद डबलीका सचिव धनन्जय बुढाका अनुसार अन्तरसंवाद कार्यक्रममा प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहाल, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिक्देल, क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष जन्मदेब जैशी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले संसद विघटनपछिको उत्पन्न राजनीतिक अवस्थाबारे धारणा राख्नेछन् ।
त्यसैगरी कार्यक्रममा प्रगतिशील पत्रकार संघका निवर्तमान अध्यक्ष नारायण शर्मा, प्रेस नेपालका अध्यक्ष केशव अर्याल, प्रेस सेन्टरका अध्यक्ष लोकराज जैशी, मधेशी पत्रकार मञ्चका अध्यक्ष मोहन सिंह, मिडिया नेपालका अध्यक्ष गोपाल पौड्याललगायत संचार क्षेत्रका व्यक्तिहरुले संसद विघटनपछिको अवस्थाबारे पत्रकारको भूमिका के हुने भन्नेबारे धारणा राख्नेछन् ।