आज :

अमेरिका क्रान्तिको एक नम्बर दुश्मन, पानीमुनि चल्ने परमाणु जहाज तयार भयोः किम जोङ

काठमाडौं । जनवादी गणतन्त्र उत्तर कोरियालका सर्वोच्च नेता किम जङ-उनले अमेरिका कोरियाली क्रान्तिको एक नम्बर दुश्मन भएको बताएका छन् । उनले अमेरिकामा जो राष्ट्रपति भएपनि प्योङयाङप्रति वाशिङ्टनको नीति परिवर्तन हुने अपेक्षा आफूले नराखेको समेत बताए ।

उत्तर कोरियाली संचारमाध्यमहरुका अनुसार पार्टीको आठौँ कंग्रेसमा बोल्दै किम जोङ भने, “उत्तर कोरियाली क्रान्तिका लागि सबैभन्दा ठूलो अवरोध र सबैभन्दा ठूलो शत्रु अमेरिका हो, त्यहाँ जो सुकै शक्तिमा आए पनि उत्तर कोरिया प्रतिको नीतिमा कुनै परिवर्तन हुँदैन ।”

अमेरिकामा नव निर्वाचित राष्ट्रपति जो बाइडले सत्ता समाल्ने तयारी गर्दैगर्दा किम जोङले यो कुरा बताएका छन् । उत्तर कोरियाको वर्कर्स पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै किमले परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

उत्तर कोरियाको सेनाका सर्वोच्च कमाण्डर समेत रहेका किम जोङले पानीमुनि चल्ने परमाणु जहाज (न्यूक्लियर सबमरिन) बनाउने आफ्नो योजना करिब करिब पूर्ण भएको घोषणा समेत गरे । यो उनको महत्वकांक्षी योजना थियो । धेरै देशहरुले उत्तर कोरियाले पानीमुनी चल्ने परमाणु जहाज बनाउन नसक्ने बताउँदै आएका थिए ।

अमेरिकामा जो बाइडनले सत्ता समाल्दै गर्दा उत्तर कोरियाले पानीमुनी चल्ने परमाणु जहाज बनाएको घोषणा गरेसँगै विश्व राजनीतिमा नयाँ चर्चा र बहस भएको छ । विश्लेषकहरू किमको टिप्पणी अमेरिकी नयाँ राष्ट्रपतिमाथि दबाव पुर्‍याउने प्रयत्न भएको ठानेपनि उत्तर कोरियाका जानकारहरु उसको नियमित विकास बताउँछन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पसँग दुई चरण वार्ता भएपनि खासै प्रगति भएको थिएन । ट्रम्पले प्रतिबन्ध फिर्ता लिन तयार नभएपछि वार्ता बीचमै अवरुद्ध भएको थियो ।

उनको भाषणमा लामो दूरीको ब्यालिस्टिक मिसाइल सहित केही परमाणु हतियारको सूची प्रस्तुत गरिएको थियो । उनले शत्रु शक्तिले उत्तर कोरियाविरुद्ध प्रयोग नगरेसम्म आफूहरुले पनि आणविक हतियार प्रयोग नगर्ने बताए।

किम जोङको पछिल्लो भनाई सार्वजनिक भएसँगै कडा नाकाबन्दी आर्थिक नाकाबन्दीबीच उत्तर कोरियाले परमाणु हतियार विकासमा महत्त्वपूर्ण प्रगति गरेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal