आज :

ओलीको कदम प्रजातन्त्रको विरुद्धमा छ तर चुनावमा जान्छौंः देउवा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रजातन्त्रविरुद्धमा भएको बताएका छन् । संसद विघटनको विरोधमा काठमाडौं-५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले ओलीको कदम प्रजातन्त्र विरुद्धको कदम भएपनि अदालतको निर्णय मान्य बताएका छन् ।

सभापति देउवाले काँग्रेसले अदालतको निर्णय मान्ने बताउँदै विचाराधीन मुद्दामा जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए । उनले अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए । ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’ देउवाले प्रश्न गरे ।

कार्यक्रममा बोल्दै देउवाले अदालतले संसद विघटनलाई सदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले बताए ।

अदालतले चुनाव गराउने फैसला गरे सबैले भाग लिने भन्दै देउवाले भने, ‘अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि भाग लिन्छन् ।’

सभापति देउवाले प्रधानमन्त्री ओलीले चुनाव नगराए सबै मिलेर सडकबाटै फाल्ने चेतावनी समेत दिए । उनले चुनाव नगराए ओलीले देशमा बस्न गारो हुने बताए । प्रधानमन्त्री ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने देउवाले विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेसले देशका सबै निर्वाचन क्षेत्रमा संसद विघटन गर्ने ओलीको कदमविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal