आज :

यी हुन् नपढाएरै सरकारी तलब खाने शिक्षक महासंघका अध्यक्ष यादव, अखिल क्रान्तिकारीले गर्यो कारवाही

नेपालगन्ज । विद्यालयमा उपस्थित नभए तलब खाने शिक्षक महासंघ बाँकेका जिल्ला अध्यक्ष तथा सरकारी शिक्षकले विद्यालयमा उपस्थित नभएरै तलब खाने गरेको खुलासा भएको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी बाँकेले महिनौ दिनको हाजिर एकै पटक लगाएर तलब खाने बाँकेको कोहलपुर नगरपालिका वडां नं १४ हवलदारपुरस्थित राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवलाई कारबाही गरेको हो ।

यादवले विगत लामो समयदेखि विद्यालयमा नियमित उपस्थित नहुने, कहिलेकाही उपस्थित भैहालेमा पनि आफ्नो कक्षा नै नलिने, महिना वा हप्तामा एक पटक उपस्थित भएर एकै पटक हाजिर लगाएर नपढाइ टाप कस्ने गरेको गुनासो आएपछि अखिल क्रान्तिकारीले अनुगमन गरेको थियो । शिक्षक यादवको  विद्यालयमा नियमित उपस्थित नभएको र नपढाई एकै पटक हाजिर तलब खाँदै आएकोले अनुमगन गरी कारवाही गरिएको अखिल क्रान्तिकारी बाँकेले बताएको छ ।

अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष डिबी शाहीले विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूले अखिल क्रान्तिकारी बाँकेसँग शिक्षक यादवले लामो समयदेखि नपढाएरै तलब खाने गरेको गुनासो गर्दै पटकपटक गर्दा पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदा पनि खासै चासो नदिएकोले आफूहरुले कारवाही गर्न बाध्य भएको बताएका छन् ।

शाहीले बिज्ञप्ती निकालेर अनेरास्ववियू (क्रान्तिकारी)ले लामो समयदेखीको अभिभावक तथा विद्यार्थीको गुनासोलाई मध्यनजर गर्दै पुनः आज उक्त विद्यालयमा अनुगमन गर्दा निज शिक्षक पवन कुमार यादव विगत २३ दिन देखि कुनै पनि किसिमको बिदा नलिइ तथा विद्यालय प्रशासनलाई कुनै जानकारी नै नदिएर अनुपस्थित रहेको स-प्रमाण भेटिएकाले निज पवन कुमार यादवको हाजिरी पुस्तिकामा संगठनको छाप लगायर हाजिरी गयल प्रमाणित गरिएको बताएको छ ।

श्रमजिवि जनताको पसिना बगाएर राज्यलाई तिरेको करबाट तलब खाने गरेर जनताका छोराछोरीलाई उज्ज्वल भविष्यतर्फ अग्रसर गराउने जिम्मेवारी लिएको शिक्षकद्धारा गरिएको यसप्रकारको गैरजिम्मेवारी गतिविधिप्रती संगठनले गम्भीर ध्यानार्षण पनि गराएको छ । शिक्षक यादवलाई सुध्रिन वा राजीनामा गर्नको निम्ति चेतावनी पनि संगठनले दिएको जनाएको छ ।

साथै, अनुपस्थित रहेको सम्पूर्ण दिनको तलव कटौती सहित कडा कार्बाहिको लागि सम्बन्धित निकाय समक्ष संगठनले जोडदार माग समेत गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal